• विश्व यतिबेला कोरोना भाइरसबाट आक्रान्त छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाल पनि लकडाउनमा छ । यो भाइरसको संक्रमण फैलिन नदिन सरकारले बैशाख १५ गतेसम्मलाई लकडाउन गरेको छ । मानिसहरु यस लकडाउनको समयमा कोही आफ्नो परिवारसंग समय बिताइरहेका छन् भने कोही श्रीमान् वा श्रीमतीसँग खाना पकाइरहेका छन् , कोही किताब पढ्दै, कोही आफ्नो रुचि पुरा गर्दैछन् भने कोही चलचित्र हेर्दै बसेका छन् । युट्युबमा थुप्रै नेपाली,अंग्रेजी ,हिन्दी र विभिन्न भाषाका चलचित्रहरु हेर्न सकिन्छ ।



    त्यस्तै दर्शकलाई घरमै बसेर मनोरञ्जन लिनको लागी तिम्रो मेरो प्रडक्सनको अफिसियल युट्युब च्यानलमा दुई वटा नेपाली सर्ट चलचित्र हेर्न सक्नुहुन्छ । एउटा हो प्रेम कहानीमा आधारित चलचित्र ‘तिमी र म’ जसमा पुरी गुरुङ ,सिद्धार्थ बिस्व ,नयनराज पाण्डे र तिला उप्रेतीको अभिनय रहेको छ । त्यस्तै अर्को चलचित्र भने हरर जनराको ‘अ गर्ल इन क्यान्सस ‘ रहेको छ । यस चलचित्रले भिएमपी फिल्म फेस्टिभलमा दोस्रो स्थान जितेको थियो । यी दुई वटै चलचित्रका निर्देशक अमेरिकामा बस्दै आएका सिद्धार्थ बिस्व (बिशाल सिन्चुरी) हुन् ।



    उनले अरु थुप्रै नेपाली सर्ट चलचित्र र साथमा केहि अमेरिकन सर्ट चलचित्र पनि निर्देशन गरेका छन् । निर्देशक सिद्धार्थले चलचित्रमा स्नातक गरेका हुन् । उनले नै निर्देशन गरेको सर्ट चलचित्र ‘धमाका ‘अमेरिकाको नेपाली अमेरिकन फिल्म फेस्टिभलमा चयन भएको थियो । निर्देशक सिद्धार्थले प्रसिद्ध डिस्नील्याण्ड र विज्ञापनको लागि साउथआफ्रिकन फिल्म क्रिउसंग पनि काम गरेका छन् ।निर्देशक सिद्धार्थको नेपाली चलचित्र क्षेत्रमा सहकार्य गर्ने सपना रहेको उनी बताउँछन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…