काठमाडौँ, ११ बैशाख । नेपाली बजारमा साताको पाँचौं दिन आज अमेरिकी डलरसहित धेरै देशको मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर १२२ रुपैया ९८ पैसा पुगेको छ ।
युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ १५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ४८ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ७८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-