•  चन्द्रकला भण्डारी, (रासस)

    भद्रपुर, ११ वैशाख : झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पु¥याउने व्यवस्था मिलाइएको हो ।

    विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी खरिद गरेर नाफा नराखी सर्वसाधारणलाई बिक्रीको व्यवस्था पहिलोपल्ट मिलाएको हो । त्यसपछि मेचीनगरमा उद्योग वाणिज्य सङ्घले घरघरै सुपथ मूल्यमा तरकारी पु¥याउन थालिसकेको छ ।

    मेचीनगर नगरपालिकाले ज्येष्ठ नागरिक, शारीरिक अशक्तलगायतलाई सरकारबाट दिइने मासिक भत्तासमेत घरमै पु¥याउने संयन्त्र बनाएको छ । एकल महिला, लोपोन्मुख र दलित वालवालिकालाई समेत अब घरमै भत्ता आइपुग्नेछ । नगरपालिकाकाले सामाजिक सुरक्षा भत्ता घरघरै पु¥याउन वडा अध्यक्षको नेतृत्वमा १५ वटै वडामा कर्मचारी खटाइसकेको मेचीनगर–६ का वडाध्यक्ष ललित तामाङले बताउनुभयो ।

    बन्दाबन्दीमा बैंकमा सामाजिक भत्ता लिन ज्येष्ठ नागरिक भीड हुन थालेपछि कोराना भाइरसको सङ्क्रमणको जोखिमबाट जोगाउन घरघरमै भत्ता पु¥याउने व्यवस्था मिलाइएको नगरकी उप्रमुख मीना उप्रेतीले बताउनुभयो ।

    मेचीनगरमा मङ्सिरदेखि फागुनसम्म चार महिनाको सामाजिक सुरक्षा भत्तावापत १३ हजार ३८५ जनालाई रु १४ करोड ६ लाख ३३ हजार २०० सामाजिक सुरक्षा भत्तावापत वितरण गरिने नगरपालिकाका सूचना अधिकारी एवं लेखा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिनुभयो ।

    विर्तामोड नगरपालिकाले किसानलाई अनुदान दिएको कृषि फार्मबाट ताजा तरकारी किन्ने र गाडीको व्यवस्था गरेर नगरको टोलटोलमा पु¥याउने व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले जानकारी दिनुभयो । त्यसकार्यमा वडाका जनप्रतिनिधिले प्रत्यक्षरूपमा समन्वय गरिरहेको र कृषि शाखाले सम्पूर्ण व्यवस्थापनको काम गरिरहेको उहाँले बताउनुभयो ।

    मेचीनगर नगरपालिकाले मिर्गौला, मुटु, दमजस्ता रोगको घरै बसेर नियमित औषधि सेवन गरिरहेका सर्वसाधारणलाई आवश्यक औषधि घरमै पु¥याउने अभियान सञ्चालन गरेको जनाएको छ । नगरका जनप्रतिनिधि र कर्मचारीलाई वडापिच्छे सो कार्यका लागि जिम्मेवारी तोकिएको सामुदायिक शाखाका अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो ।

    प्रहरी कार्यालयमा ‘डिसइन्फेक्सन टनेल’

    यसैबीच कोभिड–१९ को सङ्क्रमण रोक्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रवेशद्वारमा ‘डिसइन्फेक्सन टनेल’ जडान गरिएको छ । नागरिकस्तरमा गठित मेची अभियानले निर्माण गरेर सो टनेल प्रहरीलाई हस्तान्तरण गरेको अभियानका संयोजक विजय डालमियाले बताउनुभयो । दुवै टनेल प्रहरी कार्यालयको प्रवेशद्वारमा राखिएको छ ।

    ज्यानको पर्वाह नगरी कोभिड–१९ को सङ्क्रमण रोक्न अग्रपङ्तिको सुरक्षामा खटिएका प्रहरीलाई स्प्रेमार्फत भाइरसको जोखिमबाट जोगाउन टनेल बनाएर हस्तान्तरण गरिएको अभियानका संयोजक डालमियाले बताउनुभयो ।

    टनेल निर्माणमा काँकडभिट्टाका ६ वटा सहकारी संस्था र काँकडभिट्टा खानेपानी उपभोक्ता संस्थाले सहयोग गरेका छन् । यसअघि अभियानले मेची अञ्चल अस्पतालमा समेत यस्तै टनेल जडान गरिसकेको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…