•  

    मोरङ, ११ बैशाख । नेपाली काँग्रेसले मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रका कोरोना प्रभावित छ सय परिवारलाई राहत वितरण गरेको छ । कानेपोखरीका चार वटा वडाका कोरोना प्रभावित अति बिपन्न र ज्यालादारी मजदुरलाई कानेपोखरी काँग्रेसले राहत प्रदान गरेको हो ।

    पहिलो चरणमा मोरङको क्षेत्र नं.३ अन्र्तगत पर्ने कानेपोखरी वडा नं.४, ५, ६ र ७ का ६ सय परिवारलाई ७ लाख बराबरको राहत वितरण गरिएको कानेपोखरीका काँग्रेस सभापति योगेन्द्र दाहालले जानकारी दिए । कोरोना प्रभावितहरुलाई प्रति परिवार १५ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल र एउटा सावुन प्रदान गरिएको छ ।

    यसैवीच कांग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले राहत वितरण गर्न कानेपोखरी काँग्रेसलाई सात लाख रकम प्रदान गरेका छन् । योसँगै डा.शर्माले मोरङको क्षेत्र नं.३ का बासिन्दाका लागि प्रदान गरेको राहत रकम ३७ लाख ३६ हजार पुगेको छ । यो रकम प्रदेश नं.१ मा हालसम्म एकै व्यक्ति वा सस्थाले प्रदान गरेको मध्ये सर्वाधिक ठूलो सहयोग राशि हो ।

    यसअघि डा.शर्माले बेलबारीमा कार्यक्रम गरी बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैंचा नगरपालिकालाई राहत वितरणका लागि ३० लाख ३६ हजार रकम प्रदान गरेका थिए । सो कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले राहत ग्रहण गर्न अस्वीकार गरेको भन्दै काँग्रेसले आपत्ती जनाएर आफै राहत वितरण गरको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…