•  

    दमक–झापाको दमकमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रारम्भिक परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ देखिएके हो । यद्यपि, यो अन्तिम नतिजा भने होइन । र्यापिड परीक्षण गर्दा एक जनामा पोजेटिभ देखिएकाले थप परीक्षणका लागि धरान पठाइएको दमक नगरपालिकाले जनाएको छ ।

    आरडीटी परीक्षणमा एक जनामा पोजिटिभ देखिएपछि पीसिआर परीक्षणका लागि नमुना संकलन गरी धरान पठाइएको नगरपालिकाले जनाएको हो । दुई जनाको स्वाव धरान पठाइएको नगरपालिकाको प्रेस नोटमा उल्लेख छ । पीसिआर परीक्षणपछि मात्रै कोरोना भए नभएको पुष्टि हुन्छ ।

    नगरका ३ स्थानमा रहेका क्वारेन्टाइनहरुमा ४१ जनालाइ राखेर उनीहरुको स्वास्थ्य अवस्था बारे निगरानी जारी राखिएको नगरपालिकाले जनाएको छ । तीमध्ये दमकको जामे मस्जिदमा १४, मानसरोवरको क्वारेन्टाइनमा २१ र बाकी दाहाल प्रतिस्ठानको क्वारेन्टाइनमा रहेका छ्न ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…