• झापा ११ वैशाख (रासस) ः कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियान झापामा तीव्ररूपमा अघि बढिरहेको छ । सचेतना अभिवृद्धि, राहत वितरण, कोरोना परीक्षण, लकडाउनको पूर्णपालना गर्ने÷गराउनेलगायतका विषयमा जिल्ला एवं स्थानीय तहस्तरीय विभिन्न अभियान सञ्चालन भइरहेका छन् । स्वास्थ्य, शिक्षा, सुरक्षादेखि आधारभूत आवश्यकता परिपूर्तिका क्षेत्रमा सरोकारवाला निकाय आ–आफ्नो क्षेत्रबाट क्रियाशील छन् ।

    झापामा हालसम्म ४१ हजार ५३८ परिवारका एक लाख ६९ हजार ८०८ जनालाई राहत वितरण गरिएको छ । उनीहरुलाई सात लाख ५७ हजार २५० किलो चामल, ९५ हजार १२७ किलो दाल, ५८ हजार ८० किलो नुन, ३८ हजार ४१४ किलो तेल, २९ हजार ८५८ साबुन र चिनी चिउरालगायतका ४९ हजार ९५१ किलो राहत सामग्री उपलब्ध गराइएको जिल्ला समन्वय समितिका प्रमुख एवं कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

    झापाका १५ स्थानीय तहले स्थापना गरेको कोरोना राहत कोषमा हालसम्म रु छ करोड २० लाख ५६ हजार ७४३ रकम जम्मा भएको छ । जसमा स्थानीय तहको रु चार करोड ९३ हजार रहेको छ भने व्यक्तिगत एवंं सामाजिक सङघसंस्थाका तर्फबाट रू दुई करोड १९ लाख ६३ हजार ७४३ प्राप्त भएको छ ।

    ६८४ जनाको परीक्षण

    झापामा गत चैत २८ गतेदेखि शुरु भएको द्रुत परीक्षण विधिबाट हालसम्म ६८४ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ६५९ जनाको आरडिटी, ८४ जनाको स्वाब, ८४ जनाको पिसीआर, ५९ जनाको पिसीआर र आरडिटी दुवै परीक्षण गरिएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो ।

    १८५ क्वारेन्टाइनमा, २३९ घर फर्के

    झापाका १५ स्थानीय तहले २७ स्थानमा ७७८ जना क्षमताका क्वारेन्टाइन बनाएका छन् । जसमा हाल १८५ जना रहेका छन् भने २३९ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेका छन् ।

    ३० मुलुकबाट ९९९ झापा आए

    विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै विभिन्न मुलुकबाट ९९९ जना झापा आएका छन् । फर्किनेमध्ये अधिकांश वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट ५०७ जना आएका छन् । त्यसपछि युनाइटेड अरब इमिरेट्सबाट २०२, कतारबाट ११२, मलेसियाबाट ३४, साउदी अरेबियाबाट ३२, युनाइटेड स्टेटबाट १५, बहराइन र कुवेतबाट १४÷१४, दक्षिण कोरियाबाट नौ, ओमनबाट आठ, हङकङ, जापान र माल्दिभ्सबाट छ÷छ जना आएका छन् । अन्य मुलुकबाट एक÷दुई जनाको सङ्ख्यामा झापा आएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…