• काठमाडौं, बैशाख १२ गते । बेलायतको अक्फोर्ड विश्वविद्यालयमा पहिलो पटका मानिसमा कोरोना खोपको परीक्षण थालिएको छ । यसका लागि दुई जना स्वयंसेवकमा सो खोप परीक्षण गरिएको छ भने सो खोपको थप परीक्षणका लागि ८०० जनालाई छनोट गरिएको छ ।
    परीक्षणका क्रममा छनौट गरिएका मध्य आधालाई कोरोना विरुद्धको विकास गरिएको खोप लागाइने छ भने आधालाई मेनेन्जाइटिस बिरुद्ध दिइने खोप दिने तयारी गरिएको छ । यो परीक्षणमा ती स्वयंसेवकलाई कुन खोप दिइएको भन्ने जानकारी हुने छैन तर चिकित्सहरूलाई भने कसलाई कुन खोप दिइएको थियो भन्ने थाहा हुने छ ।
    यो जिम्मेवारी पाएका दुई जना मध्यकी इलिसा ग्रानाटोले भन्नुभयो, “म एक वैज्ञानिक हुँ त्यस कारण म एउटा वैज्ञानिक प्रक्रियालाई जहाँसम्म सकिन्छ सहयोग गर्ने छु ।”

    यो खोप तीन महिना अवधिमा विकास गरिएको अक्फोर्ड विश्वविद्यालयका खोप विज्ञ सार्थ गिल्बर्टले बताउनुभयो । उहाँले व्यक्तिगत रुपमा आफूलाई सो खोपप्रति निकै विश्वास रहेको बताउनुभयो ।
    उहाँले भन्नुभयो, “तर हामीले मानिसमा परीक्षण गर्नु पर्छ र त्यसबाट तथ्यहरु संक्रलन गर्नु पर्छ । हामीले आम मानिसमा प्रयोग गर्नु पहिले यसले कोरान भाइरसबाट मानिस संक्रमित हुनबाट रोक्छ भन्ने कुरा प्रमाणित गर्नु पर्छ ।”
    पोफेसर गिल्वर्टले सो खोपले काम गर्ने कुरामा आफू ८० प्रतिशत विश्वस्त रहेको बताउँदै अहिले नै यसै भन्न सक्ने अबस्था नरहेको भए पनि आफू आशावादी भएको स्पष्ट गर्नुभयो ।

    यो खोपले कसरी काम गर्छ त ?
    यो खोप रुघाखोकी गराउने भाइरस (जसलाई एडिनो भाइरस भनिन्छ) को कम्जोर समूहको भाइरस जुन चिम्पान्जीबाट लिइएको थियो र त्यसालाई मानिसमा विकास हनु नसक्ने गरी परीमार्जन गरिएको थियो ।
    अक्फोर्डको टोलीले यस अघि कोरोना भाइरसको अर्को स्वरुप मर्सका लागि खोप विकास गरेको थियो र क्लिनिकल परीक्षणमा त्यसले राम्रो काम गरेको थियो ।

    कसरी यसले काम गर्छ भन्ने बारे वैज्ञानिकहरुले बेलायका स्वास्थ्य सेवा प्रदायक निकायमा काम गर्ने जो भाइरस संक्रमणको उच्च जोखिममा रहेका छन उनीहरूमा यसलाई परीक्षण गर्ने सोच बनाएका छन् । थप ५०० जनामा यस किसिमको परीक्षण गर्न एक महिना समय लाग्ने छ ।
    (बीबीसीमा प्रकाशित समाचारमा आधारित)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…