• दमक/दमकमा एकै परिवारका ३ जनामा एन्टि बडी पोजेटिभ देखिएको छ । एन्टिबडी पोजेटिभ भनेको ब्यक्तिको शरिरमा कोरोना भाईरस कोभिड १९ को संक्रमणलाई जिवित राख्न भाईरसको सकृयता छ भन्ने भएको हो । र्यापिड डाइग्नोष्टिक टेष्टमा पोजेटिभ देखिएपनि पिसिआर गर्न बाँकी रहेकोले न अत्तालिन नगर पालिकाले आग्रह गरेको छ ।

    एक महिना अघि दुबइबाट आए २८ वर्षे यूवामा एन्टिबडी पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यको पनि परिक्षण गरिएको थियो । सो परिक्षणमा ती यूवाका बुबा र आमामा एन्टिबडी पोजेटिभ देखिएको दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीले बताइन । तर उनकी श्रीमतीमा चाहि एन्टी बडी पोजेटिभ नदेखिएको स्वास्थ्य निरिक्षक बद्री बरालले बताए । बिहिबार दमक नगरपालिकाले जारी गरेको विञप्तीमा एक जनामा मात्र आर डि टि पोजेटिभ देखिएको भन्ने उल्लेख थियो । सो विज्ञप्ती पछि परिक्षण गरिएकोले त्यसको रिपोर्ट शुक्रबारको विज्ञप्तीमा समाबेश गर्न छुटेको नगरपालिकाले स्पस्ट पारेको छ । शुक्रबार ३ जनाकै पीसिआर रिपोर्टको नतिजा आए पछि विज्ञप्ती मार्फत सार्वजनिक गरिने नगरकी प्रवक्ता तथा उप प्रमुख गीता अधिकारीले बताईन ।

    दमक ३ जनता चोक घर भएका ती परिवारको घर अहिले सिल गरिएको र आसपासका घरबाट कसैलाई पनि बाहिर निस्कन नदिइएको दमक नगरपालिका वडा नं ३ का वडाअध्यक्ष नबिन बरालले जानकारी दिएका छन् । सो क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ । संक्रमित क्षेत्रमा शशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको वडाअध्यक्ष बरालले बताए । विषेश गरि भुटानी शरणार्थी शिविर समेत यहि वडामा रहेकाले संक्रणको जोखिम झन बढ्न सक्ने भएकोले शिबिरमा आउन र जान पूर्ण रुपमा निषेध गरिएको छ । उप प्रमुख अधिकारीले वडामा थप सुरक्षा कडाई गर्न शिबिरमा रहेको शशस्त्र प्रहरीको बीट र इलाका प्रहरी कार्यालयलाई निर्देशन दिइ सकेको बताईन ।

    आरडिटि मा पोजेटिभ देखिएका ती ब्यक्तिको स्वाब परीक्षणका लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ । दमक अस्पतालका निमित्त मेडिकल सुपरेटेण्डेण्ट डा.खड्ग फागो लिम्बुले शुक्रबार बिहान तीन जनाकै स्वाव परिक्षणका लागि विपि क्याम्पमा लगेका छन् ।

    शरिरमा भाइरसको जिवाणु सक्रिय वा निष्क्रिय रहेको बारेमा परीक्षण गर्दा ती ब्यक्तिमा सकृय अर्थात पोजेटिभ देखिएको हो । पोजेटिभ देखीएका ३ जनालाई नै दमक अस्पतालमा निर्मित आइसोलेशन वार्डमा राखीएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको डा लिम्बुले बताए । उनीहरुको स्वाव परिक्षणमा पनि पोजेटिभ आएमा कोरोना विषेश अस्पताल पठाउने र नेगेटिभ आए यहि राखीने डा.ले बताएका छन् ।

    दमकमा विभिन्न देशबाट फर्केकाहरु १ सय २० जना दमक नगरपालिकाको सम्पर्कमा रहेको र उनीहरुको आर डिटी परिक्षण भै रहेको नगरपालिकाले जनाएको छ । यद्यपी आर डि टिका लागि आवश्यक मात्रामा किट नभएका कारणले गर्दा प्रभावकारी रुपमा परिक्षण गर्न नसकिएको नगर प्रमुख रोमनाथ ओलीले गुनासो गरे । उनले भने ‘ यहि समस्यालाई मद्यनजर गर्दै प्रदेश १ को सामाजकि विकास मन्त्री जीवन घिमिरेलाई थप किटको व्यवस्थापानका लागि माग गरि सकिएको छ । ’ प्रमुख ओलीले  जानकारी दिए । न्यूनतम ५० देखी १ सय वटा किट दमकलाई तत्कालै आवश्यक रहेकोले सोहि अनुसार माग गरिएको नगर प्रमुख ओलीले बताए ।

    दमकका बिभिन्न क्वारेन्टाइनमा ४१ जना रहेका छन । जसमा अहिले सम्म कसैमा पनि आरडिटि पोजेटिभ आएको थिएन । क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ अबस्था सामान्य जनाइएको छ ।

     

    ब्लाष्ट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…