• पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको र आजबाट नेपालमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरेकाले बदलीसँगै वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यी तीन प्रणालीको समिश्रणले मुकुलभर हल्का वर्षा भइरहेको छ । “आइतबारसम्म बिहान र दिउँसो केही समय मौसम खुले पनि अपराह्न तथा साँझापख निरन्तर वर्षा हुनेछ”, उहाँले भन्नुभयो ।

    मौसमविद्का अनुसार विगत केही दिनयतादेखि दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेका कारण चिसो महसुस भएको महाशाखाले जनाएको छ । मौसम पूर्णरुपमा सुधार हुन एक साता लाग्ने बताइएको छ ।

    राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वी भू–भागका केही स्थान र पश्चिमी भू–भागका एक दुई स्थानमा चट्याङ्, मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ । शनिबार देशभर आंसिकदेखि सामान्य बदली रही देशका पश्चिमी भू–भागका एक दुई स्थान मध्य र पूर्वी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन, चट्याङ, हावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव ७ डिग्री र अधिकतम तापक्रम २३ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…