•  

    बैशाख १२, २०७७
    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघ (नेविसंघ) ले सरकारले ल्याएका अध्यादेशको बिरोधमा देशभर प्रदर्शन गरेको छ । नेबिसंघले शुक्रवार बिहान ९ बजेबाट १० मिनेट देशभर बिधेयक फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

    अध्यक्ष राजीब ढुंगानाले सोमबार सरकारले ल्याएका दुबै अध्यादेश फिर्ताको माग गर्दै देशैभर प्रदर्शन गरिएको जानकारी दिए । उनका अनुसार ५-५ जनाले सामाजिक दूरी कायम गरेर कालो झण्डासहित नेबिसंघले प्रदर्शन गरेको हो ।

    सरकारले हालै मात्र राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको छ ।

    लोकतन्त्र समाप्त पार्ने नियतका साथ अध्यादेश ल्याइएको भन्दै नेविसंघ महामन्त्री दिपक भट्टराईले विरोधमा उत्रिनु परेको बताए ।

    राष्ट्रीय संकटको घडीमा जनतालाई घरमा थुनेर संविधानको भावना र मर्म विपरीत लोकतन्त्र समाप्त पार्ने नियतका साथ ल्याइएका अध्यादेश फिर्ता नभए नेविसंघले आन्दोलनलाई थप सशक्त बनाउने उनले चेतावनी दिए ।

    दुवै अध्यादेश ल्याउनु सनक र सत्ता राजनीतिको अत्यन्तै घृणित खेल भएको भन्दै नेविसंघले आन्दोलन थालेको महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । यस्तै नेविसंघले काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन थालेको नेविसंघका अर्का महामन्त्री युवराज पाण्डेले बताए ।

    पाण्डेले सरकारले ल्याएका विधेयकहरू तत्काल फिर्ता गर्न दवाव दिने उद्देश्यले सामाजिक दुरी कायम गरी, स्वास्थ्य सावधानी अपनाउदै, भिडभाड नगरी सांकेतिक विरोध कार्यक्रम गरेको जनाए ।

    कोरोना महामारी रोकथाम गर्नु पर्नेबेलामा देशमा अस्थिरता ल्याउन अधिनायकवादउन्मुख भएर विधेयक ल्याइएकोले विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…