•  

    नेपालगञ्ज, बैशाख १२ गते । महामारीका रुपमा फैलिइरहेको कोरोना (कोभिड–१९) को संक्रमणबाट जोगीन र जोगाउन बाँकेका मुस्लिम धर्मगुरुहरुले रमजान महिनामा गरिने परम्परागत तथा धार्मिक कार्यहरु घरमै गर्न सबै मुस्लिमहरुलाई निर्देशन दिएका छन् ।
    इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पुर्व सन्ध्यामा बाँके जिल्लाका मुस्लिम धर्मगुरु र मौलानाहरुले रोजाको बेला महिनाभरि गरिने सबै धार्मिक कार्यहरु घरमै गर्न निर्देशन दिएका हुन् ।

    जिल्लाका मुख्य धर्मगुरुहरुले रमजानको महिनामा जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाज समेत सबै घरमै पढन् निर्देशन दिंदै कोरोनाको संक्रमणबाट जोगिन र जोगाउन सरकारले लागु गरेका नियम कानुनको पालना गरिदिन सार्वजनिक अपिल गरिएको धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो ।

    रमजानका क्रममा हुन सक्ने पारिवारिक भेटघाट र घरेलु रोजा अफ्तारलाई पनि सिमा दुरी कायम गर्दै सचेतता अपनाउन र गर्न सम्पूर्ण समुदायलाई निर्देशन दिईएको उहाँले बताउनुभयो ।
    सम्वाद समूह बाँकेको सहजीकरणमा भेला भएका मुस्लिम धर्मगुरुहरुले एक संयुक्त अपिल समेत प्रकाशित गर्नु भएको छ ।

    सो अपिलमा कोरोनाको जोखिमपुर्ण एवं विषम परिस्थितीबीच रमजान शुुुुुरु हुनलागेको उल्लेख गर्दै महामारी कुनै एक धर्म र समुदायसँग जोडिएको विषय नभएकोले कुनै एक धर्म समुदायलाई लक्षित गरेर अनावश्यक टिकाटिप्पणी नगर्न समेत सबैसंग आग्रह गरिएको छ ।

    समुदायमा रहेका कोरोना संक्रमित, आशंकीत व्यक्तिहरुको पनि पहिचान गरि स्वास्थ्य परिक्षण र उपचार गराउनु पर्ने कुरामा जोड दिंदै त्यसमा समेत सबैले सहयोग गर्नु पर्ने कुरा उक्त अपिलमा आग्रह गरिएको छ ।

    सो संयुक्त अपिलमा हस्ताक्षर गर्ने धर्मगुरुहरु केन्द्रीय हज कमिटी पूर्व अध्यक्ष तथा धर्मगुरु मौलाना अव्दुल जव्वार मञ्जरी, जामा मस्जिद नेपालगञ्जका मुुफ्ती कैफुल वरा खाँ मिसवाही, मदरसा ईस्लामिया संघका पुर्व अध्यक्ष तथा धर्मगुरु मौलाना मन्सुर अहमद आरफी, जामा मस्जिदका महासचिव इरफान सिद्दिकी, संविधान सभाका सदस्य भोला सिद्दीकी, गौसीया मस्जिदका सचिव मोहम्मद हारुन र मुस्लिम संगठन नेपालका केन्द्रिय सह संयोजक अतहर हुसेन फारुकी रहनु भएको छ ।

    शनिवारबाट रमजान महिना शुरु हुने भएको छ । सो महिनामा मुस्लिमहरुले तीस दिन रोजा बस्ने गर्दछन् । निराहार बस्ने सो रोजाको समयमा मुस्लिमहरुले दैनिक पाँच पटक नमाज पढ्नुका साथै शुक्रवारका दिन जुमाको नमाज र हरेक राती तराहवीहको नमाज पढ्नु पर्दछ ।

    सामान्य समयमा यी सबै नमाजहरु र रोजा अफ्तार कार्यक्रमहरु मस्जिदमा सामुहिक रुपमा गरिने गरिए पनि अहिले कोरोनाका कारण मस्जिदमा धार्मिक कार्यहरु बन्द गरिएकोले घरमै गर्ने उनिहरुले जनाएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…