• दिल्ली ।भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २१ हजार नाघेको शुक्रबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ६४८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन ।

    शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २३ हजार ७७ जना पुगेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।

    उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३७ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७१४ पुगेको छ ।

    भारतमा देखिएका यी संक्रमितहरूमध्ये ४ हजार ७४९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १७ हजार ६१० कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

    शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।

    महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ६ हजार ४३० जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २८३ जनाको निधन भएको छ । संक्रमित मध्ये ८४० जना भने निको भएका छन् ।

    महाराष्ट्रपछि दिल्ली र गुजरातमा यस भाइरसको संक्रमण उच्च मात्रामा देखिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा २ हजार ३७६ सक्रमित रहेका छन् । संक्रमित मध्ये ८०८ जना निको भएका छन् भने ५० जनाको भने मृत्यु भएको छ ।

    गुजरातमा २ हजार ६२४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ११२ को ज्यान गएको छ । यसैबीच २५८ जना उपचारपछि घर फर्किएका समाचारमा जनाइएको छ ।

    भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।

    भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…