• काठमाडौं, १२ बैशाख । मन्त्री परिषद्को बैठक लगत्तै बालुवाटारमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल सकिएको छ ।

    केहीबेर अघि तीन नेताबीचको छलफल सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    शुक्रबार दिउँसो बालुवाटारमा भएको भेटका क्रममा देउवाले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिएर गल्ती सच्याएकोमा धन्यवाद दिंदै समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अ’पहरणको शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्नसमेत माग गरेका छन् ।

    ‘दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभयो, त्यसका लागि धन्यवाद छ,’ देउवाले भने,‘तर एक सांसदलाई अ’पहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारबाही गर्नुपर्ने माग देशभरि उठेको छ । मेरो माग यही छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ ।’

    तीन नेताबीच छलफल सकिए पनि ओली र प्रचण्डबीच भने छलफल चलिरहेको स्रोतको दावी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…