• कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कोरोना महामारी र यसबाट उत्पन्न भोकमारी दुवै समस्यासँग एक भएर जुध्न अपिल गर्नुभएको छ ।

    उहाँले आज जुम्लाका जिसस प्रमुखसहित आठ स्थानीय तहका प्रमुखसँगको भिडियो कन्फ्रेन्समार्फत् विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्ध एक भएर लड्नुको विकल्प नभएको बताउनुभयो । “कोरोना भाइरस हाम्रो जीवनको डरलाग्दो चुनौती मात्र होइन, यो हामीलाई नायक बन्ने अवसर पनि हो”, उहाँले भन्नुभयो, “यसमा सचेतता एवं कुशलतापूर्वक तपाई आफ्नो कार्यसम्पादन बढाउनुहोस् ।”

    कर्णाली अहिलेसम्ममा शून्य सङ्क्रमणमा रहेको जनाउँदै मन्त्री भण्डारीले भन्नुभयो, “लकडाउनका कारण अलपत्र परेका नागरिकलाई सबै सरकारको क्रियाशीलतामा गन्तव्यसम्म पु¥याउने काम भएको छ, सम्बन्धित गाउँपालिकामा पुगेपछि उनीहरुलाई १४ दिनको क्वारेन्टाइन व्यवस्थाका लागि आग्रह गर्दछु ।” अहिलेसम्म कर्णाली प्रदेशमा कोरोना सङ्क्रमित शून्य अवस्थामा रहेको भन्दै यसलाई कोरोना नियन्त्रित प्रदेश बनाउन निर्भयताका साथ सबैले एकबद्ध भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    जनप्रतिनिधि, स्वास्थ्य तथा सुरक्षाकर्मीको नेतृत्वदायी भूमिकाबाट कर्णालीलाई सुरक्षित प्रदेश बनाउन सकिने भन्दै स्वास्थ्य तथा सुरक्षाकर्मीको आवश्यकता भएका ठाउँमा व्यवस्थाका लागि पहल गर्ने उहाँले बताउनुभयो । सङ्घीयताले महामारीका विरुद्ध सजिलै लड्ने अवसर प्रदान गरेको बताउनुभएका मन्त्री भण्डारीले मूलतः जनताको जीवन रक्षालाई केन्द्र भागमा राखेर काम गर्न जनप्रतिनिधिलाई अपिल गर्नुभयो ।

    बैठकमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल, पातारासी गाउँपालिकाको अध्यक्षको प्रतिनिधित्व गर्दै प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा, गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी, तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने, तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगी, हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाही, सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल र कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले आआफ्ना स्थानीय तहले हालसम्म कोरोना प्रतिकार्य, रोकथाम, नियन्त्रण, राहत तथा उद्धारमा गरेका कामकारवाही र विद्यमान समस्याबारे कानूनमन्त्री भण्डारीलाई जानकारी गराउनुभएको थियो । रासस

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…