• बागलुङ– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण लम्बिएको लकडाउनमा समस्यामा परेकालाई जैमिनी नगरपालिका वडा नं. ७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राहत बितरण गरेका छन् । व्यक्तिगत खर्चमा जैदीका मजदुरी गर्ने, बिपन्न र दलित समुदायका १ सय परिवारलाई राहत दिएका हुन् । सदरमुकामबाट एक ट्रयाक्टर सामान लिएर गएपछि शुक्रबार उनले प्रतिपरिवार ३० केजीका दरले चामल बाँडेका हुन् ।

    सदरमुकामदेखि उनले ३ हजार केजी चामल लगेका थिए । त्यस्तै रसाईलीले नुन र तेल पनि बितरण गरेका थिए ।लकडाउनको कारण मजदुरी गर्न नपाएर रोजगारी गुमेको तथा खान पाएनौ भन्नेलाई उनले नामाबली तयार पारेपछि शुक्रबार लगेर बितरण गरेका हुन् ।

    नगरपालिकाले बितरण गर्ने अभियान बनाइरहेकै बेला वडा सदस्यले व्यक्तिगत खर्चमा गरेको सहयोगले वडाबासीलाई धेरै राहत मिलेको वडा अध्यक्ष जितबहादुर रानाले बताए । यसअघि रसाईलीले नगरपालिकाबाट पाएको तलब पनि खर्चेर बिद्यालयहरुमा बालबालिकाको पढाईका लागि बितरण गरेका थिए ।

    साथै, उनले व्यक्तिगत खर्चमा स्टेशनरी र अन्य आवश्यक सामाग्री बितरण गरेका थिए । ‘बिद्यालय पढ्ने बेलामा आफु र आफ्नो परिवारले भोगेको दुःख र अभाव सम्झेर अहिले राहत दिएको हुँ’ उनले भने, ‘आर्थिक अबस्था कमजोर भएकै कारण कोही भोकै बस्नु नपरोस भनेर आफ्नै वडामा सामाग्री लिएर आएको हुँ ।’

    उनको सामाजिक भावना देखेर वडाबासी खुसी समेत भएका छन् । राहत बितरण कार्यक्रममा कांग्रेस महाधिवेसन प्रतिनिधि हरिहर शर्मा, कांग्रेस जिल्ला सहसचिव सिताराम रसाईली, नेपाल रेडक्रस सोसाइटी बागलुङका मन्त्री बिकास पौडेल लगायतले उनको सेवा भावको प्रशंसा गरेका थिए ।



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…