• झापा, १३ बैशाख । झापा दमका ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले त्यस क्षेत्रलाई उच्च निगरानी राखेको छ साथै सिल गर्ने तयारी गरेको छ ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण भएको शुक्रबार पुष्टि भएको हो । त्यसलगत्तै प्रहरीले दमक नगरपालिका वडा नं ३ लाई सिलबन्दीको तयारी गरेको छ ।

    संक्रमित व्यक्ति हाल अस्पतालको आइसोलेसनमा उपचारत छन् । जिल्ला प्रहरी झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार गत मार्च १९मा दुवईबाट आएका एक युवकको परिवारमा स्वाब परीक्षण गर्दा उनका बाबुलाई कोरोना संक्रमण देखिएको हो ।

    परीक्षणको रिपोर्ट भर्खरै आएका त्यस क्षेत्रलाई सिल गर्ने विषयमा छलफल भैरहेको बताए । ‘झापा जिल्लामा विदेशबाट आएका सबैको नागरिकको विवरण संकलन भएको छ उनीहरुलाई संक्रमण देखिए त्यस ठाउँमा सिलबन्दी गरेर अन्त फैलिन नदिन प्रयास हुनेछ, अहिले दमकमा हाम्रो टिम परिचालन भैसकेकको छ’, एसपी कोइरालाले भने । उनका अनुसार अहिल सो क्षेत्र उच्च निगरानीमा राखिएको छ ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा झापाका एक ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको पनि उनले बताए ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । भने १० जना निको भएर घर फर्केका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…