उर्लाबारी /दमकमा कोरोना देखिए पछि उर्लाबारीले थप सतर्कता अपनाउन छलफल चलाएको छ।
सोही बैठकले अप्ठेरो व्यवस्थापन गर्न ५ सदस्यीय संकट व्यवस्थापन समिति समेत गठन गरेको छ ।
मेयर संयोजक रहेको समितिका सदस्यहरुमा नगपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मुरारीप्रसाद घिमिरे, स्वस्थ्य शाखाका संयोजक तोयानाथ घिमिरे, ईलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुवास राई र शशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारीर्का इन्स्पेक्टर मात्रिका पौडेल रहेको नगरपालिकाकि उप मेयर लक्ष्मीदेबि भण्डारीले जनाएकी छन् ।