• झापा / झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उच्च सतर्कता गर्न थालिएको छ।
    ४ चैतमा युनाइटेड अरब इरिमेट्स (युएई) बाट घर आएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा बिहीबार गरिएको आरडिटी परीक्षणमा तीनै जनाको एण्टीबडी पोजेटिभ देखिएको र तीमध्ये ६२ वर्षीय बुबामा भने शुक्रबार पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सुरक्षा सतर्कता थालिएको हो।

     

    संक्रमितलाई विराटनगरस्थित कोरोना विषेश अस्पतालमा पठाइएको छ । अहिले ६२ वर्षीय ती पुरुषको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।
    उनका अनुसार सङ्क्रमितको घर शुक्रबार बेलुकादेखि नै सिल गर्नुका साथै त्यस घर नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको छ।

     

    शुक्रबार दमक–३ का एकै परिवारका तीन जनामा गरिएको ¥यापिड टेष्टमा एण्टीबडी पोजेटिभ देखिएपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणका क्रममा एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो।

     

    दमक अस्पतालको आइसोलेसनमा ती सङ्क्रमितसहित सात जना राखिएको छ। उनीहरुको अवस्था सामान्य छ। दमकका विभिन्न तीन क्वारेन्टाइनमा ४१ जना रहेका छन्। दमक-४ स्थित मानसरोवरमा २१, दाहाल प्रतिष्ठानमा छ र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना रहेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…