•  

    विराटनगर, १३ वैशाख (रासस) 

    प्रदेश नं १ मा २९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पिसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९०६ जनाको नमूना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ । तीमध्ये २४३ महिला र ६६३ पुरुष छन् । उनीहरूमध्ये ८७ महिला र ४९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट जम्मा चार हजार १६० जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६७६ महिला र तीन हजार ८८४ पुरुष छन् ।

    यता प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या एक हजार १६३ पुगेको छ । ४३ जना डिस्चार्ज भएको र आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० छन् । होम क्वारेन्टाइनमा ९०३ महिला र चार हजार ४८४ पुरुष गरी कूल पाँच हजार ३८७ बसिरहेका छन् ।

    कोरोना जनसुरक्षा कोषमा २८ करोडभन्दा बढी

    प्रदेश नं १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु २८ करोड ७८ लाख ८६ हजार जम्मा भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

    कोषमा प्रदेश सरकारले पहिलो चरणमा रु १० करोड र दोस्रो चरणमा रु १५ करोड जम्मा गरेको कोषमा विभिन्न सङ्घसंस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिनुभयो ।

    कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि रु १२ करोड छ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिनुभयो । राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…