बैशाख १३, दमक ।
झापाको दमक–३ निवासी ६२ वर्षीय वृद्धमा शुक्रबार कोरोना संक्रमण पुष्टि भए सगै दमक नगरपालिकाले कन्टयाक टे«सिङको लागि टोलि निर्माण गरेको छ ।
नगरपालिकाको शनिवार वसेको कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिको बैठकले दमक अस्पतालका डा. खड्कलाल पयाङगु लिम्वुको संयोजकत्वमा ४ वटा टोलि निर्माण गरेको हो ।
जसमा स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, र प्रयोगशालाकर्मीहरु रहेको नगरपालिकाले जनाएको छ ।
प्रदेश सरकारको सहयोगमा कोरोना भाईरस संक्रमण देखिएको स्थानमा दमक नगरपालिका र आसपासका पालिकाका स्वास्थ्यकर्मीहरुलाई चैत १४ गते पिसिआर (स्वब) नुमना संकलनका लागि शनिवारनै अभिमुखिकरण गर्ने कार्य सम्पन्न गरेको छ ।
आईतवार बाट संक्रमित स्थानमा नमुना संकलनको कार्य थालीने भएको छ ।
वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि दमक नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्गसम्म, पूर्वमा हिमालय माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोलासम्मको क्षेत्रमा आवतजावतलगायत सम्पूर्ण गतिविधि पूर्णरुपमा निषेध गरिएको छ ।
नगरपालिका र स्थानीय प्रशासनले दमकको उत्तरी क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरलाई पनि सिल गरेको छ ।
भुटानी शिविरमा आवतजावत पूर्णरुपमा निषेध गरेको जनाइएको छ । शिविरमा करीब ५ हजार भुटानी शरणार्थी हाल बसोबास गर्दै आएका छन् ।
यस्तै हाल सम्म नगरपालिकामा ३ स्थानमा गरि ४१ जना क्वारेन्टाइनमा रहेको समेत जानकारी दिइएको छ ।
दमक–४ मा रहेको मानसरोवर कलेजको क्वारेन्टाइनमा २१ जना, दाहल प्रतिष्ठानमा ६ र दमक–६ मा रहेको जामे मस्जिदमा १४ जना रहेको नगपालिकाले जनाएको छ ।
हालसलै विदेशबाट आएका व्याक्ति र तिनका परिवारको स्वास्थ्य अवस्था नरपालिकाको स्वास्थ्य शाखाबाट निरञ्तर भईरहेको समेत नगरपालिकाकी उप–प्रमुख गीता अधिकारीले जानकारी दिइन ।
हाल दमकमा नगरपालिकाले निर्माण गरेको दमक अस्पतालको आइसोलेसनमा १ पुरुष र २ महिला गरि ३ जनाको उपचार भईरहेको र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस अघि दमकमा एक सय जनाको आरडीटी परीक्षण गर्दासम्म कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको थिएन ।
१०१ नम्बरमा परीक्षण गर्ने क्रममा कोरोना संक्रमण पुष्टि भएका वृद्धका छोरामा एन्टिबडी पोजेटिभ देखिएको थियो ।
संक्रमण पुष्टि भएका वृद्धको उपचार हाल विराटनगरस्थित कोशी कोभिड अस्पताल भइरहेको नगपालिकाले जनाएको छ ।
मोरङ सग सिमाना जोडिएको झापाको दमक–३ निवासी ६२ वर्षीय वृद्धमा शुक्रबार कोरोना संक्रमण पुष्टि भए सगै मोरङ प्रवेश गर्ने उर्लावारी नगरपालिका पनि उच्च सर्तकता अपनाइएको जनाइएको छ ।