• पथरी । लकडाउनका कारण काठमाडौँमा अलपत्र परेर रहेका आफ्ना नागरिकलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाले बेवास्ता गरेपछि वडा नं १० का वडाध्यक्ष सागर राइको नेतृत्वमा उद्धार गरीएको छ । लकडाउनको महिनौसम्म पनि नगरले आफ्ना नागरिकलाई ल्याउन कदम नचालेपछि वडाध्यक्ष सागर राइले आफ्ना केही साथीभाइहरुसँग सल्लाह गरि उद्धारको लागि आफैँ काठ्माडौँ पुगेका थिए ।

    आज शनिवार नगरभरिका १सय ७१ जना नागरिकलाई सो टोलीले ल्याइपु¥याएको हो । सात वटा बस रिजर्व गरी घर फर्किन चाहने नागरिकलाई ल्याएको वडाध्यक्ष सागर राईले बताए । काठ्माडौंबाट पथरीशनिश्चरे आइपुगेका सबैलाई स्वास्थ्य कर्मीहरुले ज्वरो नापिएको थियो । पथरीको रंगशालामा सामाजिक दुरी कायम गर्दै सेनिटाइजसर लगाइदिनुको साथै कोक, पानी र विस्कुट वितरण गरिएको थियो । काठमाडौबाट आएको सात वटै बसलाई समेत सेनिटाइज गरिएको थियो ।

    https://www.youtube.com/watch?v=_eqglOIX3Uw&t=4s

     

    पथरी आएका सम्पूर्णलाई होम क्वारेन्टाइनमा बस्न स्वास्थ्यकर्मी मुरारी आचार्यले सुझाव दिएका थिए । उनिहरुलाई नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पथरी प्रहरी प्रमुख डीएसपी दिलिपकुमार गिरी, समाजसेवी प्रदीपकुमार राई, नेपाली काङ्ग्रेसका नगरसचिव दुर्गा भट्टराई लगायतको टोली सहयोग पु¥याएका थिए ।

    १० नम्बर वडा अध्यक्षको नेतृत्वमा आएको पाँच वटा बसको लागि दुई लाख ५० हजार खर्चहुने राईले बताए । जसमा ६१ हजार भाडा उठेको बताइएको छ । पथरीमा सात वटा बस ल्याइएको हो । उनिहरुलाई ल्याउनका लागि वडाध्यक्ष राइसँगै तरुण दलका स्थानीय युवा नेता भुपेन रानापहेली, काविल कन्ट्रक्सनका भुवन थापा, युवा समाजसेवी सुमन कुरुङ्वाङसहितको टोली काठमाडौँ पुगेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…