•  

    दमक, वैशाख १४ गते । झापाको दमक ३ मा एकजना बृद्धमा कोरोना भाइरस पोजेटिभ देखिएपछि त्यस क्षेत्र सिल गरेर आइतवार विहानै देखि ४ वटा स्वास्थ्यकर्मीहरुको टोलीले उक्त परिवारको सम्पर्कमा आएकाहरुको प्रारम्भिक जाँच शुरु गरेको छ । यस्तो क्षेत्रमा जाँदा सावधानी अपनाउने र स्वाब संकलनको बारेमा प्रदेश १ सरकारले शनिवार दमकमा स्वास्थ्यकर्मीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरेको थियो ।

    कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिका संयोजक समेत रहनु भएका नगर प्रमुख रोमनाथ ओली सहित टोली विहानै स्वास्थ्यकर्मी सहितको टोली लिएर सिल गरिएको क्षेत्रमा पुग्नु भएको हो । ७२ देखि ८० जनासम्मको पहिलो चरणमा ¥यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट जाँच गरीने र उनिहरुको स्वाब संकलन गरेर त्यो पनि परीक्षणका लागि पठाईने तयारी भएको बताईन्छ ।

    सरकारी दमक अस्पतालका प्रमुख डा. खड्गलाल पयाङ्गुको नेतृत्वमा ४ वटा टोली उक्त क्षेत्रमा परिचालित भएको नगर प्रमुख ओलीले बताउनु भयो । प्रारम्भिक चरणको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेकाहरुको आज नै आरडीटी विधिबाट उक्त स्थलमा नै परीक्षणको ब्यवस्था मिलाईएको छ, ओलीले भन्नुभयो ।

    करिब ४ सय जना प्रत्यक्ष अप्रत्यक्ष रुपमा संक्रमित परिवारसंग सम्पर्कमा रहेको पनि दमक नगरपालिकाको स्वास्थ्य शाखाले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेखछ । दुवईबाट एक महिना अघि छोरा आएको र छोराबाट नै बाबुमा कोरोना सरेको अनुमान पनि स्वास्थ्यकर्मीहरुले लगाएकाछन् ।

    आरडीटी परिक्षणमा पोजेटिभ देखिएका छोरा स्वाब परीक्षण रिर्पोट भने नेगेटिभ आएको थियो । आमामा पनि आरडीटी पोजेटिभ आएकोमा स्वाब परीक्षण नेगेटिभ आएकाले परिवार नै संक्रमित भएको देखिएपछि ठुलो संख्यामा अन्य ब्याक्तिहरु सम्पर्कमा आएको हुनसक्ने देखिएको छ ।

    सोहि घरमा कोरोना जाँच भएको दूइदिन अघि मावलको हजुरआमाको काजक्रिया भएको र शुद्धाइमा ५० भन्दा बढि आएको पनि बताईन्छ । यसले गर्दा टाढाटाढाका आफन्तहरुको पनि जाँच गर्नु पर्ने देखिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।विष्णुप्रसाद पोखरेलले यो समाचार गोरखापत्रमा लेख्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…