•  

    काठमाडाैं । सरकारले गरेका प्राय ठूला निर्णय हरेक पटक ब्याक फायर हुने अवस्था उत्पन्न हुने मात्र हाेइन नेकपाका लागि समेत प्रतिउत्पादक हुने सल्लाह प्रधानमन्त्री केपी ओलीलाई कसले दिएकाे थियाे हँ ? कि प्रधानमन्त्रीकै इच्छाले यस्ता अति नै विवादस्पद कामहरू भइरहेका थिए। कि यस्ता राष्ट्र नै उथलपुथल हुने अप्रिय निर्णय गराउन कुनै तत्वले प्रधानमन्त्रीओलीलाई नै चक्मा दिएर पार्टी र सरकारविरूद्ध निर्णय गराउन सफल भएकाे थियाे ? गुठी विधेयकदेखि २०७७ वैशाख ८ गतेकाे जारी भएका २ अध्यादेशले केपी ओली नेतृत्वकाे सरकार नै परिवर्तनको संघारसम्म पुर्याउने प्रमुख पात्र काे हाे ? अहिले बुद्धिजीवीहरूकाे मनमा खेल्ने गरेकाे मुख्य प्रश्न यही हाे ।

     

    स्राेतका अनुसार, नेकपाकाे ४५ सदस्यीय स्थायी समितिकाे बैठक राखेर केपी ओली नेतृत्वकाे सरकार फाल्ने सहमतिमा प्रचण्ड, माधव कुमार नेपाल, भझलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गाैतम समूह पुगेकाे खुमलटार स्राेतले साँघु न्यूज डटकमलाई बतायाे ।

    प्रचण्ड निकट स्राेतका अनुसार, चाडाेभन्दा चाडाे नेकपा स्थायी समिति बाेलाउने, प्रधानमन्त्री केपी ओलीकाे राजीनामा माग्ने, सहज रूपमा राजीनामा नदिएमा विभिन्न आरोप लगाउने, जस्मा पार्टीकाे कुरा नमानेकाे, स्वच्छन्द ढंगले सरकार चलाएकाे, पार्टीकाे सरसल्लाह बेगर नै गुठी विधेयक, अध्यादेश ल्याएर पार्टीकाे बद्नाम गर्ने काम सरकारले गरेकाे, पीएमका सल्लाहकारहरूबाटै पार्टी नेतृत्वप्रति विभिन्न आक्षेप लगाएर मानमर्दन गरेकाे र पछिल्लाे पटक सांसद अपहरणसम्मकाे कार्यमा प्रधानमन्त्री निकट सांसदहरू नै प्रयाेग जस्ता आरोप प्रधानमन्त्री केपी ओलीमाथि लगाउने तयारी गरेकाे माधव कुमार नेपाल निकट स्राेतले बतायाे ।

    नेकपाकाे ४५ सदस्यीय स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीविरूद्धकाे पंक्तिमा ३२ जना रहेकाे स्थायी समितिले सहज रूपमा प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गर्ने, स्थायी समितिले गरेकाे आग्रह नमानेमा केन्द्रीय समिति तत्काल बाेलाएर विभिन्न आक्षेप लगाएर प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट फिर्ता बाेलाउने र पार्टी अध्यक्षबाट समेत हटाउने तयारी गरिएकाे प्रचण्ड निकट स्राेतबाट जानकारी हुन आएकाे छ ।

    माधव नेपाल मन्त्रिमण्डलकाे लिष्ट नै तयार

    प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्री सुरेन्द्र पाण्डे, गृह मन्त्री जनार्दन शर्मा, उद्याेग मन्त्री साेमनाथ पाण्डे र पर्यटन मन्त्री भीम रावल सहित २५ सदस्यीय मन्त्रििरषद्काे नामावली समेत तयार भएकाे नारायणकाजी श्रेष्ठ निकट स्राेतले बतायाे । स्राेतका अनुसार, प्रधानमन्त्री केपी ओली इतरकाे गठबन्धन अब कुनै पनि हालतमा नताेडिने गरी एकताबद्ध भएकाे छ । अब मात्रै वैधानिक र प्रक्रियागत ढंगले अघि बढ्न मात्र बाँकी भएकाले अब प्रक्रिया पुर्याउनका लागि पहिलाे कदम नेकपाकाे स्थायी समिति बैठक बाेलाएर अघि बढ्ने ।

    साँघु न्यूजबाट साभार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…