इटहरी । गृह मन्त्रालयले लकडाउनमा कडाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
लकडाउन खुकुलो भएको गुनासो आएपछि गृहले सुरक्षा निकाय र प्रशासनलाई परिपत्र गरेको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘अत्यावश्क सेवाका लागि पास चाहिँदैन । अरुको हकमा विना पासका सवारी चलाउन नदिनू भनेर आजै परिपत्र गरेका छौं ।
यता सुनसरी प्रशासन पनि लकडाउनलाई कडा बनाउने पक्षमा छ । सुनसरी भारतको सिमा जोडियको क्षेत्र सगै अन्य ठाउमा लकडाउनलाई थप कडा बनाउदै लैजाने जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ ।