•  

    बैशाख १५, २०७७
    काठमाडौँ

    प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र पद छोड्न दबाव बढेसंगै नयां नयां कार्ड खेल्न सुरु गरेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले राजनीतिक दल फुटाउन सजिलो हुने गरी र संवैधानिक परिषदमा प्रतिपक्ष दलका नेताको भूमिका कमजोर बनाउने गरी दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपाभित्र उनिविरोधी मोर्चा बलियो हुंदै गएको छ । आफुविरुद्ध चर्को मोर्चाबन्दी सुरु भएको भन्दै प्रधानमन्त्री ओली पनि त्यसको सामाना गर्ने योजनामा छन् । उनले त्यसका लागी विभिन्न कार्डहरु खेलिरहेका छन् ।

    प्रधानमन्त्री ओलीले दबाव वढेपछि अध्यादेश फिर्ता लिएर नेताहरुको माग पुरा गरेको बताएपनि त्यसले पार्टीको छवी विग्रेको भन्दै उनलाई पदबाट नै राजीनामा दिन चर्को दबाव छ ।नेकपाका बहुमत सचिवालय सदस्यहरु र स्थायी समितिका प्रभावशाली नेताहरुले स्थायी समिती बैठक बोलाउन माग गरिरहेका बेला प्रधानमन्त्रीले भने आलटाल गरिरहेका छन् । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई ‘कुल डाउन’ गराउन विभिन्न प्रस्ताव राख्न थालेका हुन् ।

    ओलीको सन्देशबाहकका रुपमा पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल सक्रिय छन् । आइतबार पोखरेलले प्रचण्ड र नेपाल र ज्ञवालीले नेपाललाई भेटेर पार्टीभित्रको समस्या समाधानका लागि ओलीका प्रस्ताव सुनाएका थिए । तर दुवैका प्रस्तावलाई प्रचण्ड र नेपालले मान्न नसकिने बताइसकेका छन् । उनिहरुले बटमा लाईनका रुपमा स्थायि समिति बैठक बोलाउनुपर्ने माग गरेका छन् ।

    स्रोतकाअनुसार प्रधानन्त्री ओलीले पोखरेल र ज्ञवालीमार्फत पठाएको सन्देशमा अबदेखि सरकारका ठूला निर्णयमा सरसल्लाह गरेर अघि बढ्ने, नेता बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णय कार्यान्वयन गर्ने, मन्त्रीमण्डल पुरै परिवर्तन गर्ने र सरकार बनेदेखि नै आलोचित आफ्नो सचिवालय टिम नै परिवर्तन गर्नेसम्मको छ । तर नेपाल र प्रचण्डले यी सवै कुरा अव गौंढ भएको भन्दै स्थायी समिति बैठकमार्फत सबै कुरा हल खोजिने भन्दै बैठक बोलाउनको लागी पहल गर्न आग्रह गरेका थिए ।

    जवाफमा ज्ञवाली र पोखरेल दुवैले प्रचण्ड र नेपाललाई कम्तिमा आगामी आर्थिक वर्षको बजेटपछि स्थायी समिति बस्ने गरी हाललाई पार्टी विवाद थाती राख्ने प्रस्ताव गरेका छन् । तर, उक्त प्रस्तावलाई प्रचण्ड र नेपालले ठाडै अस्विकार गरेका छन् । उनिहरु निकट नेताहरुले पनि उक्त प्रस्ताव स्विकार नगर्न दबाव दिएका छन् ।

    स्थायी समितिका २० सदस्यले नेपाल र प्रचण्डलाई तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका छन् । उनिहरुले सबै विषयको छिनोफानो बैठकमै हुने भन्दै नेतृत्वलाई दबाव दिइरहेका छन् । पार्टी विधानअनुसार तीन महिनामा स्थायी समिति बस्नुपर्नेमा बैठक नबसेको चार महिना भइसकेको छ । नेकपा विधानमा एक तिहाई सदस्यले माग गरेमा जतिसुकै बेला स्थायी समिति बैठक बोलाउनुपर्ने व्यवस्था छ ।

    दुई नेताको जवाफ लिएर पोखरेल र ज्ञवाली बालुवाटार फर्किएको केही घण्टामै ओलीले आइतबार राति राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवास पुगेर एक घण्टा भेटवार्ता गरेका थिए । त्यसपछि राति अवेरसम्म आफु निकटमन्त्रीसंग ओलीले बालुवाटारमा छलफल गरेका थिए । राष्ट्रपति भण्डारीसंगको भेटमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा छलफल गरेको स्रोतको दावी छ । काठमाडौंपाटी

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…