• काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामनाका लागि तयार रहन आफूनिकट सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

    पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षले आफूलाई हटाउन हरसम्भव प्रयास गरिरहेको र त्यो प्रयास सफल नभए पार्टी फुटाउनेसम्मको योजना बनाएको जानकारी सांसदहरुलाई गराउँदै प्रधानन्त्री ओलीले उक्त परिस्थितिका लागि मानसिक रुपमा तयार रहन आफूनिकट सांसदहरुलाई भित्रिरुमा कडा निर्देशन गर्नु भएको हो ।

    आफु नजिकका सांसदलाई प्रधानमन्त्रीको गोप्य निर्देशनसँगै नेकपाका कार्यकारी भनिएका अध्यक्ष प्रचण्डनै निकै सकसमा पर्नु भएको छ । आफु निकट भनिएका रामबहादुर थापा वादल समेत उतै उभिएपछि प्रचण्ड अत्तालिएको स्रोतले जनाएको छ ।

    प्रचण्ड र माधव नेपालले आफूविरुद्ध घेराबन्दी गरेको दुखेसो प्रधानमन्त्रीले सुनाउनुभएको सांसदहरुले बताउनु भएको छ ।

    प्रधानमन्त्री ओलीले राजधानीमा उललब्ध आफूनिकट सांसदहरुलाई बोलाएर यस्तो निर्देशन दिएपछि नेकपामा उकुस मुकुस मात्र मच्चिएको छैन ओलीलाई हल्लाउन नसकिने भो सम्मका कुरा चल्न थालेका छन् । स्थायी कमिटि सदस्य भीम रावलले बालुवाटारमा गुटगत सांसदहरुको भेला बसाएर प्रधानमन्त्री ओली नै स्वयं पार्टी फुटाउने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो ।

    नेता रावलले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनुअघि नै प्रधानमन्त्री ओलीले केही नेताहरुसँग पार्टी फुट्ने योजनाका बारेमा कुराकानी गरेको विषय नै सार्वजनिक भइसकेको दाबी गर्नुभयो ।

    गल्ती सुधार्र्दै सहमतिका साथ अघि बढ्न ओलीले गरेको प्रयासले पनि पार्टीभित्र मुर्त रुप लिन सकेको छैन । माधव नेपाल पक्षधर नेताहरुले भने प्रधानमन्त्रीले कुनै प्रस्ताव गरेर अब समस्याको समाधान निस्कन नसक्ने बताइरहेका छन् । नेता रावलले अबको विकल्प भनेको केपी ओलीले कुन कुन पद छाड्ने भन्नेमा मात्रै रहने संकेत गर्नुभयो ।

    उहाँले प्रधानमन्त्रीको पदमा बसेर ओलीले गरेका त्रुटिहरु माफीयोग्य नभएकोले उहाँले निकास दिनुपर्ने जिकिर गर्नुभयो । तर यता प्रधानमन्त्री ओली निकट नेताहरुले भने केपी ओलीलाई अहिले पदबाट हटाउने कुचेष्टा नगर्न चेतावनी दिएका छन् ।

    ओली नजिकका नेता गोकुल बाँस्कोटाले केपी ओलीको अपिलमा नेकपाले चुनाव जितेकाले उहाँलाई कारबाही गर्ने अधिकार पनि जनतासँग मात्रै रहेको धारणा राख्नुभयो । जनमत एउटाको नाममा प्राप्त हुने अनि सजाय कुनामा बसेर कसैले दिन्छु भनेर नहुने उहाँले बताउनुभयो । तिम्रो यात्रा जिरोतिर भनेर केपी ओलीलाई चुनौती दिने तागत कसैसँग नरहेको नेता बाँस्कोटाको चेतावनी थियो ।

    नेकपा भित्रै सत्ता परिवर्तनको चर्को बहस भइरहदा सत्ता परिवर्त हुने लक्षण देखिएको छैन् । मध्यमार्गी नेता माधव नेपाल तत्काल प्रधानमन्त्री हुने छनक हराएको छ ।

    नेकपा सचिवालय बैठक बुधबार बस्ने तय भएसँगै निरन्तर सत्ता परिवर्तनका लागि नेताहरुको दौडधुप र अनौपचारिक बार्ता रोकिएको हो ।

    अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको बेग्लाबेग्लै वार्तापछि सचिवालय बैठक बोलाइएको हो ।

    प्रचण्डनै ओलीको निरन्तरतामा देखिनु भएको छ । त्यसैगरि अर्का नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल भने आफुसँग भएको गुटले तत्काल प्रभाव नपार्ने देखिएपछि सत्ता परिवर्तन हर्ष न विष्मात भन्ने खालको निर्णयमा हुनुहुन्छ स्रोत भन्छ ।

    बरु सरकारका बैठकहरु नियमित हुनु पर्यो । छलफहरु हुनु पर्यो भन्ने अडान भने कायमै रहेको स्रोत बताउछ ।

    दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याएपछि उत्पन्न विवादले नेकपालाई फुटको संघारमा पु¥याएको छ । पार्टी भित्रबाट चर्को विरोध भएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिइसकेपनि ओलीले स्थिति थाम्न सकिरहेका छैनन् ।

    नेकपाको प्रचण्ड र माधव नेपाल खेमाले यो विषयलाई नैतिक प्रश्नका रुपमा उठाउँदै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन कसरत भएपनि सत्ता परिवर्तन भने तत्काल देखिएको छैन् ।

    कोरोना कहरकाबीच मुलुकमा उत्पन्न राजनीतिक परिघटनाले आम नागरिक भने छक्क परेकाछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…