• ओली र प्रचण्ड–नेपाल पक्ष बहुमत पु-याउने कसरतमा


    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज बुधबार साँझ ५ बजेका लागि सचिवालय बैठक बोलाएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी भनिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको हो ।

    साँझ ५ बजे बोलाइएको बैठकमा सांसदको टाउको गन्ने वा सहमतीमा जाने भन्नेमा निर्णायक अबस्था आउने बताइन्छ । मंलवार भएको वार्तामा खासै उपलब्धि नदेखिए पनि प्रधानमन्त्री ओलीसँग अन्तिम अस्त्र बाँकी नै भएकाले वरिष्ठ नेता माधवकुमार नेपालसँग कुरा मिल्न सक्ने अनुमान पनि कतिपयबाट गरिएको छ । तर ओली पक्षले राखेको अर्ली महाधिवेसन, ४ जना मन्त्री र २ जना मुख्या मन्त्रीको अफर नेपाल पक्षले अस्वीकार गरेको थियो । पार्टीभित्रको अंकगणितले माधव नेपालले चाल्ने आगामी कदम पनि धेरै हदसम्म निर्णयमा प्रभाव पार्ने छ ।

    प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत सदश्य जुटाउन गरिरहेको प्रयास सफल भयो भने उनी पुनः संसदीय दलबाट नेता चुनिने छन् र प्रधानमन्त्रीको पुनः सपथ लिने छन् ताकि अर्को दुई वर्षसम्म अविश्वासको प्रश्ताव आउन नसकोस् ।

    पार्टी सचिवालयमा ओली विरुद्धका पाँच मुख्य नेता प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठमध्ये नेपालबाहेक चारै जना प्रधानमन्त्री ओलीलाई हटाउनुपर्नेमा एकमत देखिएका छन् ।

    ओली पक्षको प्रस्ताव अस्वीकार
    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई राजिनामा गराएर भिम आचार्यलाई मुख्यामन्त्री र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई राजिनामा गराएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने अन्तिम विकल्पसहित ४ जना मन्त्री बनाउने केपी ओली पक्षको प्रस्तावलाई पनि माधव नेपालले अस्वीकार गरेको हुँदा नेपालमा प्रधानमन्त्री बन्ने भूत सवार भएको बताइन्छ ।

    माधव नेपाल पक्षीय एक नेताले भने– सधै धोक मात्र दिएका ओलीको प्रश्तावको विश्वनिय आधार छैन, निकट आएको प्रधानमन्त्री छाड्दा सधैका लागि गुम्ने पनि खतरा छ । त्यसैले हामी समिक्षामै छौैं । माधव नेपालमा पलाएको लोभले उनलाई कति लाभ वा हानी पुर्याउला अहिले नै भन्न सकिने अबस्था छैन ।

    तर प्रधानमन्त्री ओलीले आप्mनो पक्षमा बहुमत सदश्य जुटाउन गरिरहेको प्रयास सफल भयो भने उनी पुनः संसदीय दलबाट नेता चुनिने छन् र प्रधानमन्त्रीको पुनः सपथ लिने छन् ताकि अर्को दुई वर्षसम्म अविश्वासको प्रश्ताव आउन नसकोस् । प्रधानमन्त्री ओलीसँग ७८ जना सांसद रहेका छन् भने उनलाई १० सांसदको आवस्यक छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले यो विकल्पमा पनि गृहकार्य गरिरहेका छन् । उनको प्रयासमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साहलगायतसँग रहेका सांसदसँग बढाएको सम्बन्धले पुष्पकमल दाहाल प्रचण्डलाई घर न घाटको बनाउँदै लगेको छ ।

    भट्टसँगै अहिलेसम्म प्रचण्ड–नेपाल पक्षमा रहेका सुदूरपश्चिमका झन्डै एक दर्जन सांसद प्रधानमन्त्री ओलीलाई साथ दिने निर्णयमा पुगेको बालुवाटार स्रोतको दाबी छ । यसैबीच केही दिनअघि दाहालको निवास पुगेका पार्टी नेता बादलले प्रचण्डलाई भने– मलाई किरणसँग लाग्यो भनेर तपाईंले अविश्वास गरिरहनु भएको छ । पटक–पटक मलाई गृहमन्त्रीबाट हटाउन दवाव पनि दिनु भएको सुनाएका थिए ।

    ८८ जना सांसद भए भने ओलीको पक्षमा स्पष्ट बहुमत पुग्नेछ । पार्टीभित्र सयौंको संख्यामा सिनियर नेता हँुदाहुँदै बुहारी बिना मगरलाई मन्त्री बनाएर नेताहरुको अपमान गरेका कारण उनको विश्वास क्रमशः घट्दै गएको छ । चर्चामा आएझै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलभन्दा सिनियर व्यक्ति नभएकाले उनको पद भने कायमै रहने बताइन्छ ।

    तरुण खबरबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…