एजेन्सी, १७ वैशाख । उत्तर कोरियाका रहस्यमय र शक्तिशाली मानिएका शासक किम जोङ उनको बारेमा अझै पनि ठोस खबर बाहिर आउन सकेको छैन । विश्वभरका शक्ति मुलुक र सञ्चार माध्यमहरुले समेत उनको स्वास्थ्य अवस्थाको रहस्यबारे तथ्य कुरा पत्ता लगाउन नसक्नु अर्को रहस्यको कुरा बनेको छ ।
पछिल्लो पटक आएको खबर अनुसार उन जीवितै रहेको दावी गरिएको छ । एक उच्च प्रोफाइल भएका उत्तर कोरियाली डिफेक्टर र पूर्व कूटनीतिज्ञले उन जीवितै रहेको दाबी गरेका छन् । तर उनी हिड्न र उभिन भने नसक्ने अवस्थामा रहेको जनाइएको छ ।
केही सञ्चार माध्यमहरुले किमको मृ’त्यु भइसकेको खबर दिएको थियो । उनको एक सिसाको कफिन (श’व राख्ने बाकस) मा उनको श’व रहेको दाबी गर्ने एक तस्वीरलाई पनि निकै भाइरल बनाइएको थियो । केहीले उक्त तस्वीर फेक रहेको र फोटोसपमा इडिट गरेर बनाइएको अनुमान लगाएका थिए । जुन अनुमान आज सत्य प्रमाणित भएको छ ।
केहि दिनअघि दक्षिण कोरियाले पनि किम जोङ उन जीवित नै रहेको बताएको थियो । तर पनि उनीबारे ठोस प्रमाण नआएको जनाइएको थियो । तर किम जीवित नै रहेको कोरियाका कुटनीतिज्ञहरु र कोरियाका सञ्चार माध्यमले प्रमाणित नै गरेको छ ।
किमको गत अप्रिल १२ मा मुटुको शल्यक्रिया गरेको थियो । त्यसैले उनी उनका दिवंगत हजुरबाबाको जन्मजयन्ती समारोह (अप्रिल १५) मा समेत अनुपस्थित थिए । सोही कारण उनीबारे अनेक अड्कलबाजी गरिएको हो ।