• एजेन्सी, १७ वैशाख । उत्तर कोरियाका रहस्यमय र शक्तिशाली मानिएका शासक किम जोङ उनको बारेमा अझै पनि ठोस खबर बाहिर आउन सकेको छैन । विश्वभरका शक्ति मुलुक र सञ्चार माध्यमहरुले समेत उनको स्वास्थ्य अवस्थाको रहस्यबारे तथ्य कुरा पत्ता लगाउन नसक्नु अर्को रहस्यको कुरा बनेको छ ।

    पछिल्लो पटक आएको खबर अनुसार उन जीवितै रहेको दावी गरिएको छ । एक उच्च प्रोफाइल भएका उत्तर कोरियाली डिफेक्टर र पूर्व कूटनीतिज्ञले उन जीवितै रहेको दाबी गरेका छन् । तर उनी हिड्न र उभिन भने नसक्ने अवस्थामा रहेको जनाइएको छ ।

    केही सञ्चार माध्यमहरुले किमको मृ’त्यु भइसकेको खबर दिएको थियो । उनको एक सिसाको कफिन (श’व राख्ने बाकस) मा उनको श’व रहेको दाबी गर्ने एक तस्वीरलाई पनि निकै भाइरल बनाइएको थियो । केहीले उक्त तस्वीर फेक रहेको र फोटोसपमा इडिट गरेर बनाइएको अनुमान लगाएका थिए । जुन अनुमान आज सत्य प्रमाणित भएको छ ।

    केहि दिनअघि दक्षिण कोरियाले पनि किम जोङ उन जीवित नै रहेको बताएको थियो । तर पनि उनीबारे ठोस प्रमाण नआएको जनाइएको थियो । तर किम जीवित नै रहेको कोरियाका कुटनीतिज्ञहरु र कोरियाका सञ्चार माध्यमले प्रमाणित नै गरेको छ ।

    किमको गत अप्रिल १२ मा मुटुको शल्यक्रिया गरेको थियो । त्यसैले उनी उनका दिवंगत हजुरबाबाको जन्मजयन्ती समारोह (अप्रिल १५) मा समेत अनुपस्थित थिए । सोही कारण उनीबारे अनेक अड्कलबाजी गरिएको हो ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…