• वैशाख १७, पथरी ।
    रहर लाग्दो मकैको घोगामा दाना नलागेपछि मोरङको पथरी शनिश्चरे ५ हसन्दहका किसान मर्कामा परेका छन् ।
    मोरङको पथरीशनिश्चरे नगरपालिकाकाको यो वडा नगरकै कृषि उपजको मेरुदण्डको रुपमा रहेको वडा हो ।
    करिव ४ विघाह १० कठ्ठा जमिनमा ३ लाख रुपैया खर्चेर लगाएको मकै मध्येमा यति वेला २ विगाह १० कठ्ठा भन्दा वढीको मकैमा दानानै नलाग्ने होकी भन्ने भयमा किसान रहेका छन् । स्थानिय रमेश कविरथले सुनसरीको रामनगर भुटाह–६ को ब्रहम कृषि केन्द्रबाट गत मंसिरमा ६५ किलो उन्नत जातको ११४४, ९०८१ र पाइनर, गरि तिन प्रजातिको हाइब्रिड मकैको विउ किनेर रोपेका थिए ।
    त्यसमध्ये लगभग २ विघाह १० कठ्ठा जमिनमा रोपेको ९०८१ प्रजातिको मकैमा अहिले सम्म १० कठ्ठा क्षेत्रफलमा भएको मकैमा दाना नलागेको भेटिएको छ ।

                                                                                                   किसान रमेश कविरथ

    एउटै प्रजातिको मकैमा हाल सम्म १० कठ्ठामा दानानै नभेटिएपछि अन्य क्षेत्रमा पनि दाना नलाग्ने होकी भन्ने ठुलो चिन्ता किसानमा परेको छ ।  हसन्दहका मोहन थापालाई वार्षीक प्रतिविघा ३० मन धान बुझाउने सर्तमा ठेक्का लिएर खेति गर्दै आएका किसान कविरथले यसपालि लगाएको मकैमा भने दानानै नलागेको हो ।
    साधरणतया सो क्षेत्रमा हिउदे र वर्खे गरि २ पटक वालि लगाउने गरिन्छ त्यसमा पनि उनले साहुलाई वार्षीक रुपमा ठेक्का वापत १ सय ७५ मन धान बुझाउनु पर्ने हुन्छ ।
    उनको सुद्ध आयस्रोत भनेको मकै नै हो तर यसपालि भने मकैमा दाना नलाग्दा ठुलो आथिक क्षेति बेहोर्नु पर्ने देखिन्छ ।
    कविरथ भन्छन्–‘बोटमा रहरलाग्दो मकैको घोगा भयो तर, घोगामा एउटा पनि दाना लागेन’ मकै भित्र्याउने बेला हुन लाग्दा समेत दाना नभएपछि अव के गर्ने ?’
    ९०८१ प्रजातिको मकैको विउ प्रति ४ किलो प्याकेटको २ हजार २ सय मुल्य तिरेर ४० किलो विउ रोप्दा सामन्य उत्पादन मात्र हुने हो भने पनि करिव ५ सय मन भन्दा बढि उत्पादन हुने किसानको तर्क छ ।  तर यसपालि भने ठुलो मात्रामा उत्पादन घट्ने निश्चित भएको कविरथ बताउछन् ।
    हालको बजार मुल्य अनुसार ७ लाख बरावरको आम्दानी गर्ने प्रक्षेपण कविरथको थियो तर अव उल्टो २ लाख भन्दा बढि घाटा बेहोर्नु पर्ने उनि बताउछन् ।



    कृषि प्राविधिकको परामर्श अनुसार भिटामिन, मल, कीटनाशक औषधीको प्रयोग गर्नुको साथै आवश्यक सिञ्चाइको समेत प्रबन्ध गरिएको किसानहरु बताउँछन् । तर विउनै राम्रो नपरेपछि हेरचाहले मात्र नहुने अर्का किसानको भनाई छ । कविरथ एक प्रतिनिधि पात्र मात्र हुन यस्तो समस्या नगरका अन्य किसानमा पनि रहेको छ ।
    मकैले सुत्ला पनि राम्रै च्याप्यो, घोगा पनि राम्रै हाल्यो, मल, पानी, गोडमेल पनि राम्रै पायो तर उत्पादन दिने वेलामा नङ्ग्याई हेर्दा दाना नै नभेटिएपछि किसानको मेहनत बालुवामा पानी सरह हुने देखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…