• काठमाडौं, १८ वैशााख । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यादेशको हंगामालाई छिन मै निमेष पारिदिए ।

    पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोले तर अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु पर्ने कारणमा गल्ती पेश गर्न चाहेनन् ।

    विषय बस्तु प्रधानमन्त्री वामदेव गौतमलाई मान्य हुन सक्छ भन्दै अल्मल्याइदिए । आमनागरिक कोरोनाको त्रासमा रहँदा सरकार आफ्नै शरिर मर्सान अब्यस्त छ ।

    जनताले सहने पनि सिमा हुन्छ तर कुरो अझै गहिरो छ । सिमा भन्दा पनि अझै पर सम्म पनि अमारिएर आमनागरिक आँशु पुछ्न वाध्य छन् । सरकारलाई पिडा पोखेका छैनन् ।

    जुन कुरा ब्यवहारमै देखाइ दिएका छन् । कोरोना संक्रमणको संकट पन्छाएर राष्ट्रिय झण्डाको आडैमा कुरो सत्ता संघर्षको चलिरहेको छ । प्रधानमन्त्री केपी ओलीले अहिले नै प्रधानमन्त्री पद नछाड्ने, अध्यादेशको जवाफ पनि पेश नगर्ने अड्गिमा छन् ।

    पुर्व माओवादी सहित पुर्व एमालेइतरलाई उनले पन्जामा पारेका छन् । प्रचण्ड साँघुरिदै गएको चाल पाएपछि बहस ओलीका बारेमा खुलेर नहुने देखिएको छ ।

    बुधबार साँझ तीन घन्टा भन्दा बढि चलेको सचिवालय बैठकमा नेताहरुबीच गर्मागर्मी बहस हुँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा मागेपछि ओलीले नयाँ अस्त्र फाले ।

    ओलीले स्पष्ट रुपमा आफूले अहिले राजीनामा नदिने पनि छनक दिए । तत्कालको राजनीतिक समस्याका लागि नेता माधव नेपाललाई अर्को अध्यक्ष, गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्तुत्याई भयो ।

    बैठक सकेर र राती प्रचण्डले रातो डायरी सहित प्रधानमन्त्रीसँग तस्विर पनि खिचाए । प्रचण्डलाई ओलीले अमिल्याएका मात्र छैनन् ।

    विस्तारै किनारा लगाउने जाल बुन्दैछन् । प्रचण्डले बैठकमा बोलीसकेपछि यो छनक पाँउदा उनी एक्लिदै गएको पाए । ओली भनाईका बारेमा एक नेता भन्छन्, ‘म अहिले राजीनामा दिन्नँ । दिनै परे नयाँ व्यक्तिलाई प्रधानमन्त्री बनाउने पक्षमा छु ।’ उनले गौतमलाई प्रधानमन्त्री बनाउने विकल्पबारे प्रस्ताव समेत सारे । माहोल अर्कै भयो ।

    बामदेवलाई राष्ट्रिय सभा सदस्यमा लाने र संविधान संशोधन गरी प्रधानमन्त्री बन्न सक्ने ढोका खोलिदिने ओलीको प्रस्ताव थियो । यो प्रस्तावमा गौतम दंग छन् । उनले तीन अध्यक्ष बनाउन पार्टीको विधान संशोधनको प्रस्ताव समेत गरे । माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने ओलीको प्रस्ताव थियो ।

    बैठकमा अन्य नेताहरु आक्रामक र ओली रक्षात्मक बन्ने आशा विपरित उनी उल्टै आक्रामक रुपमा प्रस्तुत भएका थिए । ओलीको आफ्नै राजीनामा मागिएपछि उल्टै नयाँ प्रस्ताव ल्याएर आश्चर्यमा पारिदिएका हुन् ।

    ओलीको प्रस्तावप्रति बामदेव गौतम भने मौन बसेका छन् । नजिकका पत्रकारहरु मार्फत गौतमले आफु प्रधानमन्त्री भए २,४ बर्षमै मुलुकको अर्थतन्त्र कायपलट पार्ने खबर लेखाएका छन् ।

    ओलीले अध्यक्ष थपेर प्रचण्डलाई कमजोर बनाए पनि प्रधानमन्त्री सहजै छाड्ने पक्षमा भने नभएको स्रोत बताउछ । अहिले अध्यादेशको तरंगलाई पन्छाएका हुन् एक नेता भन्छन् ।

    बैठकमै ओलीको प्रस्तावप्रति सचिवालय सदस्य रामबहादुर थापा बादलले भने आपत्ती जनाए ।

    उनले प्रधानमन्त्रीको राजीनामा र बामदेवलाई प्रधानमन्त्रीका अलावा नेपाललाई तेस्रो अध्यक्ष बनाउने सबै प्रस्ताव मान्य नहुने खुलेरै बोले । उनले मिलेर जान आग्रह गरे । तत्काल प्रधानमन्त्रीका बारेमा समस्या नभएको जनाउ पनि दिए ।

    वरिष्ठ नेता झलनाथ खनालले ओलीको आलोचना गरे । पार्टी हित र निर्णय विपरित चलेको आरोप लगाए । विकल्प दिन भने ।

    उनीसँग गुट नभएकाले यो विषयले खासै चर्चा पाएन् । अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पनि पार्टीको साख गिराउने गतिविधि भएको भन्दै कडा आलोचना गरेका थिए ।

    बैठकले प्रचण्डलाई थप कमजोर बनाउने काम भएको छ । पार्टी एकिकरणमा भएका संम्झौता थन्काएर अनेक एजेण्डामा अल्मलिनु परेको छ ।

    प्रचण्डलाई एकल्याएर पुर्वएमालेले नै पार्टी हाक्ने ओलीको ग्राण्ड डिजाइन रहेको प्रष्ट भएको छ । यसमा सत्ताको लोभले पुर्वमाओवादीइतर पनि ओलीकैे पोखरीमा हाम फालिरहेका छन् ।

    सरकारले हालै जारी गरेका दुई अध्यादेश खारेज गरेपनि सत्ताभित्रकै दलमा चौतर्फी बिरोध कायमै छ । मन्त्रीपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला पनि अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ ।

    सोही व्यवस्था अनुसार बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्यो । खारेज पनि भयो । पार्टीले भने छलफलका लागि स्थानै पाएन ।

    त्यसो त ओलीले पार्टी भित्र प्रचण्डलाई जति सक्यो कमजोर गराउन पाए एकीकरण भए यताका सैदान्तिक र भाग वण्डाका समस्यालाई समाधान गर्न सहज हुने बुझेरै समय समयमा अनेक दाउपेच रच्ने र त्यस्ता दाउपेचलाई आफु अनुकुल विषय गराउँदै आउने ओलीको भित्री धेय छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…