•  

     

    बैशाख १९, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारलाई आगामी बजेट निर्माण गर्दा श्रमिक वर्गलाई विशेष ध्यान दिन ध्यानाकर्षण गराएका छन् ।

    अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले कोभिड–१९ को महामारीबाट देशभित्र उत्पन्न हुने बेरोजगारी र देशको अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा ध्यान दिन र तयारी गर्न म सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    पुनले भनेका छन्, ‘लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्यहरु देखा परिरहेका छन् । तर, सबैखाले चुनौतीको सामना गर्न तयार रहनुको विकल्प हामीसँग छैन । विश्वजगतले नै आगामी आफ्ना कार्यक्रमहरु श्रमिक वर्ग केन्द्रित बनाउने र नेपाल सरकारले आगामी बजेट निर्माणमा यसमा उचित ध्यान दिने मैले विश्वास लिएको छु ।’

    ‘कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौं नेपालीले रोजगारी गुमाउन सक्ने, त्यसबाट देशभित्र उत्पन्न हुने बेरोजगारी र देशको अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा ध्यान दिन र तयारी गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    उपराष्ट्रपति पुनले श्रमिक मजदुरहरुको हकहितका लागि भएको संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यो कठिन अवस्थामा अझै प्रभावकारी बनाउनु पर्नेमा पनि जोड दिएका छन् ।

    महामारीबाट सबैभन्दा बढी श्रमिक वर्ग प्रभावित भएको स्वदेश तथा विदेशमा रहेका लाखौं नेपाली श्रमिकको अवस्था कठिन बनिरहेको उनको भनाइ छ । ‘विश्व श्रम बजारमा रहनुभएका सयौं नेपालीहरु कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ । म यस अवसरमा विभिन्न देशमा रोजगारीको क्रममा कोरोना भाइरसबाट ज्यान गुमाउनुभएका नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । भाइरसबाट संक्रमित हुनुभएका नेपालीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…