• २०७७ बैशाख २० शनिबार
    काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा ५९ जनामा देखिएको छ । यसमध्ये १६ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

    विभिन्न अस्पतालमा ४३ कोरोना संक्रमितको उपचार भइरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित ४९ पुरुष रहेका छन् भने १० महिला रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    देशभर कोरोनाको आंशकामा ९४ जना आइसोेलेसनमा छन् । उनीहरुको परीक्षण भइरहेको छ । काठमाडौ उपत्यकमा ५ र उपत्यका बाहिर ८९ जना छन् ।

    २४ हजार ९०७ क्वारेन्टाइनमा बसेका छन् । अहिलेसम्म ४७ हजार ७९७ जनामा आरडीटी परीक्षण गरिएको छ भने १२ हजार ५७७ जनामा पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    आफूलाई संक्रमणको आशंका लागेमा स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न सरकारले नागरिकसमक्ष आग्रह गर्दै आएको छ ।

    कोरोनाको संक्रमण पछि निको भएकाहरुले उच्च मनोवल बनाएर नियमित रुपमा तातो पानीको पिउने तथा व्यायाम गरे कोरोनाको संक्रमणलाई जित्न सकिने बताउँदै आएका छन् ।

    सरकारले कोरोना संक्रमणको जोखिम कम गर्नका लागि भन्दै देशभर लकडाउन गर्दै आएको छ । अत्यावश्यक सेवाका बाहेक सबै सेवा बन्द छन् ।

    विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण शनिबार बिहानसम्म २ लाख ३९ हजार ५६६ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या ३१ लाख नाघिसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…