२०७७ बैशाख २० शनिबार
काठमाडौँ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) का कारण विश्वभर दुई लाख ३९ हजार ६०४ को मृत्यु भएको छ ।
हालसम्मको तथ्यांक अनुसार विश्वका ३४ लाख एक हजार भन्दा बढि कोरोना संक्रमित भेटिएका छन् । यस्तै, १० लाख ८१ हजार भन्दा बढिको उपचारपछि निको भएका छन् ।
अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ६५ हजार ७ सय ६६ जनाको मृत्यु भएको छ भने ११ लाख ३१ हजार २८० जना संक्रमित फेला परेका छन् ।
अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो इटली जहाँ २८ हजार भन्दाबढिको मृत्यु भइसकेको छ भने २ लाख ७ हजार भन्दाबढिको संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय भन्दाबढिको मृत्यु भएको छ ।
यस्तै, स्पेन,फ्रान्स,बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा २५ हजारको नजिक पुगेको छ । इटलीमा मृत्यू हुनेको संख्या २८ हजार भन्दा बढि छ । स्पेनमा २४ हजार ८२०, फ्रान्समा २४ हजार ५९०, बेलायतमा २७ हजार ५१० जनाको मृत्यु भइसकेको छ ।
विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ ।
नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन ।
कुन देशमा कती सुची लागि क्लिक गर्नुहोस् ।