•  

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद तत्कालका लागि मिल्ने संकेत देखिएको छ ।

    नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले सचिवालयमा बहुमत पुर्‍याएपछि विवाद तत्कालका लागि साम्य हुने भएको हो । त्यति मात्रै होइन ओलीले दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी आफू नजिकै राख्न लगाएर त्यसको संकेत गरेका छन् ।

    ओलीको आसन जस्तै प्रचण्डको आसन पनि उस्तै बनाइएको छ । ओलीलाई रिस उठ्दा बेलाबेला प्रचण्डको आसन परिवर्तन हुने गरेको थियो ।

    यो क्रम चल्दै आएको छ । ओलीले किन प्रचण्डलाई कहिले नजिकै राख्छन् ? कहिले किन टाढा राख्छन् यो बुझ्न नसकिएको विषय छ ।

    कुर्सी नजिकै राख्दैमा वा टाढा राख्दैमा नेकपाभित्रको विवाद समाधान हुने होइन । नेकपाभित्र ओलीबाट भएको भेदभाव र दमनका विरुद्ध विद्रोह हुँदै आएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारी, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीको विशेष पहलमा ओलीको समस्याहरू तत्कालका लागि समाधान भएपनि यसको दीर्घकालीन असर कस्तो हुने हो हेर्नुपर्नेछ ।

    यो आसन कृतिम हो वा मनभित्रदेखिको हो हेर्न बाँकी छ । ओली सचिवालयमा बहुमतमा पुगेपछि खुसी छन् । ओलीलाई सचिवालयमा ईश्वर पोखरेल, विष्णु पौडेल, बामदेव गौतम, रामबहादुर थापाले साथ दिएपछि फाइदा भएको हो ।

    प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई यस पटक घाटा भएको छ । ओलीको नजिकै रहेका प्रचण्डले मुखबाट मास्क हटाएका छैनन् । ओलीले मास्क हटाएका छन् । प्रचण्ड अझै पनि खुसी छैनन् भन्ने संकेत गरेको छ ।

    नेकपाभित्र शनिबार देखिएको कृतिम सहमतिले ओलीको प्रधानमन्त्री पद र अध्यक्ष पद बचाइदिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…