• काठमाडौं, २० बैशाख । कोरोना भाइरसको महामारीको कारण अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) २०२१ कार्यक्रम छनौट नतिजा सार्बजनिक मिति पछी सरेको छ । यहि मे ५ तारिख सार्बजनिक गर्ने भनिएको नतिजा महामारीको कारण पछाडी सारिएको आज नेपालस्थित अमेरिकी दूतावासले एक सुचना जारी गर्दै जानकारी दिएको छ।

    दुतावासका अनुसार मे ५ बाट एक महिना पछाडी सारेर आगामी जुन ६ तारिखमा नतिजा सार्बजनिक गरिने छ । जुन ६ तारिखमा नतिजा निकाले पनि आगामी अक्टोबर १ तारिखमा हुने अन्तवार्तामा कुनै असर नपर्ने पनि दूतावासले सुचनामा बताएको छ। dvprogram.state.gov मा गएर इडिभीको नतिजा हेर्न सकिने छ।

    दुतावासको पुरा सूचना :

    Update for DV-2021 Applicants डिभी २०२१ निवेदकहरूका लागि अपडेट:

    कोभिड-१९ को विश्वव्यापी प्रकोपको कारणले साधारणतया २०२० को मे ५ मा हुनुपर्ने डाइभर्सिटी भिसा कार्यक्रम छनौटको नतिजा जुन ६, २०२०को लागि सारिएको छ। तर यो ढिलाईले अक्टोबर १, २०२०मा हुने तय भएको अन्तर्वातामा कुनै असर गर्नेछैन। निवेदकहरूले ध्यान पुर्याउनुपर्ने कुरा यो छ कि दूतावासले तपाईंहरू कसैको पनी डिभी नतिजा यस्तो भयो भनेर फोन या ईमेलमार्फत सम्पर्क गर्नेछैन।

    नतिजा थाहा पाउने एकमात्रै उपाय तपाईंले आवेदन दिंदा पाउनुभएको कन्फर्मेशन नम्बर प्रयोग गरेर सम्बन्धित साइटबाट हेर्ने मात्रै हो, जस्ले तपाईंहरूलाई ठगहरूबाट बच्न पनि सहयोग गर्नेछ। जुन ६ नजिकिंदै गर्दा हामी थप अपडेटहरू तपाईंलाई दिने नै छौं, तर तपाईंहरूलाई कुनै जिज्ञासा भएमा travel.state.gov मा गएर DV कार्यक्रमका बारे हेर्न सक्नुहुन्छ।

    As a result of the COVID-19 pandemic, the opening of the Entrant Status Check for DV-2021 applicants has been postponed from May 5 to June 6, 2020. The delayed opening will not negatively affect the interview schedule which will begin on October 1, 2020. Applicants should remember that the Embassy will NOT contact anyone by mail or email about their DV application. The only way to check on a candidate’s status is by using the unique confirmation number which we have provided to help protect DV entrants against fraud. We will post more updates prior to June 6, but if applicants have questions, they can go to travel.state.gov for more information about the DV program.

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…