काठमाडाैं । नेकपाकाे नाै सदस्यीय सचिवालयमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली बहुमतमा पुगेपछि युटर्न भएर यस्ताे पाे आयो निर्णय । पढ्नुस् बुँदागत-
(१) नेकपा र सरकारसँग जोडिएर उठेका समग्र विषयवस्तुको समीक्षा गरि पार्टीलाई सुदृढ र मजबुत तथा सरकारलाई थप प्रभावकारी बनाउने।
(२)कोरोना माहामारीबाट जोगिन सरकारले चालेको कदमलाई पार्टी एकताबद्ध रुपमा परिचालित हुने।
(३)पार्टीका उपाध्यक्ष क.वामदेव गौतमलाई उचित समयमा प्रतिनिधि सभा सांसद बनाउन पहल गर्ने।
(४)उक्त कार्यका लागि आवश्यक कार्ययोजना बनाउन २०७७ वैशाख -२४ गते सचिवालय बैठक बस्ने।
(५) २०७७ वैशाख -२४ गते बस्ने सचिवालय बैठकको निर्णय कार्यन्वयनका लागि वैशाख -२५ गते स्थायी कमिटी बैठक बस्ने।