• काठमाडौं । स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावले देशभरको मौसम बदली भइरहेको छ । आज पनि मौसम पूर्ण बदली रहि देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दिउँसो धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको छ भने राती पनि देशको अधिकांश भू-भागमा बदली रही पश्चिमी र मध्य तथा पूर्वी भू-भागका वर्षा हुनेछ ।

    स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव र बंगालको खाडी तथा अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकोले मौसम बदली भएको हो ।

    यस्तो छ आगामी दुई दिनको पूर्वानुमान :-

    बैशाख २१ गते (आइतबार)

    दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

    बैशाख २२ गते (सोमबार)

    दिउँसोः देशको पश्चिमी तथा मध्य भू-भागमा पूर्ण बदली र पूर्वी भू-भागमा सामान्य बदली रहनेछ । देशका पश्चिमी तथा मध्य भूभागका धेरै स्थानहरुमा र पूर्वी भू-भागमा केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना सहित वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशका पश्चिमी र मध्य भू-भागका साथै पूर्वी पहाडी भू-भागमा सामान्य बदली रही वाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना सहित वर्षाको सम्भावना रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…