•  

    काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा सरकार परिवर्तनको चर्चाले व्यापकता पाएको छ। बुधबार बसेको सविचलाय बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूले राजीनामा दिनुपरे बावदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि मुलुकको राजनीतिक झन तरंगित बनेको छ। नेकपा सचिवालय बैठक शनिबार बस्दैछ।

    पार्टीमा विवाद बढ्दै गएपछि युवा नेताहरुले शीर्ष नेताहरुलाई खबरदारी गरिरहेका छन्। यसैबीच नेकपा सांसद नविना लामाले पार्टीभित्रको विवाद समाधान गर्न भन्दै पाँच बुँदे सुझाव नेतृत्वलाई दिएकी छन्। सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सांसद लामाले नेतृत्वलाई पाँच बुँदे सुझाव दिएकी हुन्।

    उनले देश र जनताले आशा र भरोसा गरेका नेताले अहिलेको सरकार परिवर्तन गर्दा सबै जना दुर्घटनामा पर्ने भन्दै आफूलाई भन्दा देश, जनता र सिंगो पार्टीलाई ठूलो मानेर एक पटक स्मरण गर्न आग्रह गरेकी छन्।

    नेतृत्वलाई पाँच बुँदे सुझाव दिँदै सांसद लामाले लेखेकी छन्, ‘पार्टीको मागलाई समर्थन गर्दै अध्यादेश फिर्ता लिनुले प्रधानमन्त्रीबाट अध्यादेश ल्याउँदा भएको गल्ती सच्याएको छ। त्यसैलाई निरन्तरता दिएर प्रधानमन्त्रीको राजीनामा माग्नु पार्टीलाई अस्थिरता बनाउनु, सरकारलाई असफल बनाउने तथा देश र जनतामाथि घात गर्ने कार्य हुनुहुँदैन।’

    उनले सच्चिएको गल्तीलाई आधार बनाएर महाधिवेशनबाट चुनाव जितेर अध्यक्ष बन्छु भन्ने भावना लिएर पार्टी सृदृढिकरणमा लाग्नु असल नेताको पहिचान भएको उल्लेख गर्दै पार्टी विधानमा महाधिवेशन हुने अवधि तोकिएको र त्यसको छिनोफानो कार्यकर्ताले गर्ने जनाएकी छन्।

    नेकपा नेतृ लामाले आफ्नै पार्टीबाट प्रधानमन्त्रीको राजीनामा नभइ प्रधानमन्त्रीलाई शक्तिशाली बनाएर सिंगो देश र जनताको हितमा लाग्ने मार्ग दर्शन गराउने कार्य गर्नु पार्टीका जिम्मेवार नेताको जिम्मेवारी हुनुपर्ने भन्दै पार्टीलाई सही मार्ग दर्शन गराउनु असल नेताको जिम्मेवारी भएको बताएकी छछन्।

    ‘कसैको मनोआकांक्षा पूरा गर्न सरकारको नेतृत्व परिवर्तन हुने होइन। यसरी सरकारको नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने माग लिनेले पार्टीमा विचलन तथा अस्थिरता सृजना गराएको ठहर गर्नुपर्ने हुन्छ,’ उनले लेखेकी छन्, ‘सरकार र प्रधानमन्त्री परिवर्तन हुनुपर्छ भन्नेले हिजो मैले यही सरकार र यी प्रधानमन्त्री भन्दा राम्रो काम गरेको थिएँ भनी प्रमाण र अबको निकास दिन सक्नु पर्छ। सरकार परिवर्तन गर्नुपर्छ भन्ने सोच पार्टी हित विपरित छ।’

    उनले प्रधानमन्त्रीले अहिले पार्टीभित्र देखिएको समस्या समाधानको लागि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव सकारात्मक भएको उल्लेख गर्दै सचिवालय बैठकले गल्ती कमजोरीलाई समीक्षा गर्दै सर्वसम्मती निर्णय गरी आगामी दिनमा पार्टी र सरकारलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्छ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…