•   काठमाडौं बैशाख २१, २०७७ कोरोना संक्रमण भई १४ दिन अस्पताल बसेर घर फर्किएका एक व्यक्ति पुनः अस्पताल भर्ना भएका छन् । वैशाख ११ गते अस्पतालबाट डिस्चार्ज भई घर गएका ती व्यक्तिमा पुनः कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको हो । रौतहटको इशनाथ नगरपालिकाका ती व्यक्तिमा एक्कासी ज्वरो आएपछि उनको घरमै गई स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनमा फेरि पनि कोरोना पोजेटिभ देखिएको नारायणी क्षेत्रीय अस्पताल श्रोतले बताएको छ । अहिले उनलाई वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ । अस्पताल भर्ना गरिएका ती व्यक्तिले रातोपाटीसँग कुरा गर्दै भने, ‘मलाई लिन एम्बुलेन्स पठाइएको थियो । अहिले अस्पतालमा छु । नर्सले तपाईं एक दुई दिन यहीँ बस्नुपर्छ भन्नुभएको छ ।’ भारतको दिल्लीबाट करिब ४० दिन पहिले रौतहट आएका ती व्यक्ति सुरुको १४ दिन नगरपालिकाकै क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा उनलाई कोरोना पोजिटिभ देखिएपछि नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा राखी उपचार गरिएको थियो । अस्पतालमै राखेर उपचार गरेपछि उनको टेष्ट गर्दा नेगेटिभ आएको थियो । ३ पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि ‘कोरोनालाई जितेको’ भन्दै उनलाई वैशाख ११ गते डिस्चार्ज गरिएको थियो । निको भएर घर फर्किए पनि त्यसको ४ दिनपछि ती व्यक्तिमा ज्वरो आएपछि उनको घरमै पुगेर पुनः स्वाबको नमुना लिएर आएको अस्पताल श्रोतले बताएको छ । उनीसहित उनको परिवारका सदस्यहरुको स्वाब परीक्षण गर्दा उनमा पुनः पोजेटिभ देखिएपछि वैशाख २० गते राति उनलाई अस्पताल ल्याइएको हो । नारायणी अस्पताल श्रोतका अनुसार उनमा अहिले पनि कोरोना संक्रमण पोजेटिभ देखिएकाले गए राती नै अस्पतालबाट एम्बुलेन्स गएर उनलाई ल्याइएको हो । उनलाई अहिले पनि अस्पतालको आइसोलेसनमै राखिएको छ । उनीसँगै ४ जना बिरामी निको भई डिस्चार्ज भएका थिए । अहिले फेरि ती ४ जनालाई नै अस्पताल ल्याएर आइसोलेसनमा राख्ने तयारी भइरहेको अस्पताल श्रोतले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…