• विराटनगर / विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेका छन् ।

     

    विराटनगर १० स्थित केन्द्र गत चैत्र २१ गतेबाट सञ्चालनमा आएपनि वैशाख ५ गतेदेखि कोभिड १९ का संक्रमित व्यक्तिको भर्ना सुरु भएको हो । त्यसयता हालसम्म केन्द्रमा ३१ जना संक्रमति रहेका छन् ।

     

    उनीहरुको नियमित चेकजाँच तथा रेखदेखमा खटिएका चिकित्सक तथा नर्ससहित ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेको कोशी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

     

    डा.मिश्राका अनुसार पहिलोपटक ५ गते मध्यरातमा उदयपुरबाट १२ जना संक्रमित ल्याउदाँदेखि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको छ । त्यसयता हालसम्म केन्द्रमा प्रत्येक ६ दिनको अन्तरालमा २५ जनाको ३ वटा टोली प्रत्यक्ष रुपमा संक्रमतिको उपचारमा संलग्न रहदै आएको छ ।
    उदयपुरबाट संक्रमित भर्नासँगै पहिलो साता खटिएका चिकित्सकहरुको सुरुवाती एक साताको क्वारेन्टाइन समयको गणना नहुने भएकाले दोस्रोसाताबाट मात्र उनीहरुको क्वारेन्टाइन समय जोडिने डा।. मिश्राको भनाइ छ । यसैबीच सो समय संक्रमितसँग प्रत्यक्ष रुपमा अग्रपंक्तिमा खटिएका २८ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेका र अवस्था सामान्य रहेको छ ।

     

    यसक्रममा उनीहरुको शुक्रबार स्वाब नमुना परिक्षण गर्दा नेगेटिभ रिर्पोट आएको छ । यसक्रममा उदयपुरबाट पहिलोचरणमा ल्याइएका १३ जना संक्रमितको समेत शुक्रबार रोजापछि स्वाब संकलन गरिएको र रिपोर्टको पर्खाइमा केन्द्र रहेको छ । पहिलोचरणमा संक्रमितसँग उपचारमा खटिएका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आए पनि सबैजना होटलकै कोठाभित्र क्वारेन्टाइनमा रहेका छन् ।

     

    कोभिड १९ उपचार केन्द्रमा हालसम्म उदयपुरबाट २८ जना, झापाबाट २ र भोजपुरबाट १ जना संक्रमित उपचारका क्रममा रहेकाछन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…