• काठमाडौं । देशमा पश्चिमी, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावले बदलीसँगै वर्षा भइरहेको छ । साथै बङ्गालको खाडी र अबर सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रिमनसुन सक्रिय रहनुका साथै बङ्गालको खाडी र अबर सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा भएको हो । महाहाखाका अनुसार अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार आउन अझै दुई साता लाग्नेछ ।

    प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने गर्दछ । अहिले प्रिमनसुनको साथै अन्य प्रणालीको प्रभाव रहेकाले मुलुकका अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो ।

    आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातको समयमा दशैभर सामान्य बदली रही मेघगर्जन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

    यस्तो छ दुई दिनको पूर्वानुमान :-

    बैशाख २२ गते (सोमबार)
    दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका पूर्वी तथा मध्य भूभागका धेरै स्थानहरुमा र पश्चिमी भू-भागमा केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना सहित वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशको अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

    बैशाख २३ गते (मंगलबार)
    दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना सहित वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र पूर्वी भूभागका केहि स्थानहरुमा र मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…