• काठमाडौं । कुवेत सरकारले गैरकानुनी हैसियतका नेपाली कामदारलाई स्वदेश फर्काउने भएको छ । गैरकानुनी हैसियतमा भएका कामदारलाई आममाफी दिएपछि स्वदेश फर्कन इच्छुक झन्डै ३५ सय नेपालीलाई स्वदेश फर्काउने भएको हो ।

    उनीहरुलाई बिहीबारदेखि आश्रय दिएर स्थानीय विद्यालय, कलेज र खेल मैदानमा राखिएको छ । कुवेतले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि आममाफीको आकर्षक प्याकेज घोषणा गरेको थियो । नेपालीका लागि अप्रिल २६ देखि ३० सम्मको समय तोकिदिएको थियो ।

    उक्त समयमा राहदानी नभएका तीन हजार भन्दा बढी नेपालीले आवेदन दिएका थिए । राहदानी भएका झन्डै ५ सय जना भने सिधै आश्रय केन्द्र गएका हुन् । उनीहरुलाई नेपाल पठाउनका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।

    कोरोना भाइरस नियन्त्रण गर्नका लागि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । नेपालले उडान अनुमति प्रदान गर्नासाथ कुवेतले आफ्नै खर्चमा चार्टर विमानमार्फत उनीहरुलाई नेपाल पठाउनेछ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…