• काठमाडौँ, २२ बैशाख । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर दुई लाख ४८ हजार ३ सय १० को मृत्यु भएको छ ।

    हालसम्मको तथ्यांक अनुसार विश्वका ३५ लाख ६७ हजार भन्दा बढि कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ११ लाख ५७ हजार ९ को उपचारपछि निको भएका छन् ।

    अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ६५ हजार ७ सय ६६ जनाको मृत्यु भएको छ भने ११ लाख ३१ हजार २८० जना संक्रमित फेला परेका छन् ।

    अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो इटली जहाँ २८ हजार भन्दाबढिको मृत्यु भइसकेको छ भने २ लाख ७ हजार भन्दाबढिको संक्रमित भेटिएको पुष्टि भएको छ ।

    पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ ।

    यस्तै, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा २५ हजारको नजिक पुगेको छ । इटलीमा मृत्यू हुनेको संख्या २८ हजार भन्दा बढि छ । स्पेनमा २४ हजार ८२०, फ्रान्समा २४ हजार ५९०, बेलायतमा २७ हजार ५१० जनाको मृत्यु भइसकेको छ ।

    विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ ।

    नेपालमा ७५ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन ।

    कुन देशमा कती सुची लागि क्लिक गर्नुहोस् ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…