• काठमाडौं, २२ बैशाख । पूर्व युवराज पारस शाहले आफूलाई हृदयघात भएको भन्ने समाचारहरु सार्वजनिक भएकोबारे आश्चर्य प्रकट गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै पूर्व युवराज शाहले आफू हर्ट अट्याक हुने मानिस नभएको र यस्तो भ्रम नछर्न आग्रह गरेका हुन् ।

    ‘हर्ट अट्याक हुने मान्छे हो म ?’ उनले प्रश्न गर्दै भने, ‘हार्ट अट्याक भएपनि उठ्ने मान्छे हो म ।’

    आफ्ना बारेमा काम नपाएका मानिसहरुले अनर्गल प्रचार गर्ने गरेको भन्दै उनले दुःख व्यक्त गरे ।

    लकडाउनका समयमा शाह केही साथीहरुसँग पोखरामा मस्ती गरिरहेका छन् ।

    ‘हो चार दिनदेखि ननस्टप पार्टी गरिरहेको छु’, उनले भने, ‘अझै हप्तादिन महिना दिन गर्छु ।’

    एटिएमबाट पैसा चोरि भएको समाचार आएको भन्दै उनले आलोचना गरे । देशमा तीस बर्षदेखि आफूहरु विरुद्ध मानिसहरु लागेको उनको भनाइ थियो ।

    ‘नो थिङ रङ विथ मि,’ उनले भने, ‘देश यस्तै छ । ३० वर्ष भयो नेपाल अहिले पनि त्यस्तै छ ।’

    भिडियो लाइभका क्रममा पारससँग एक पुरुष र महिलाको स्वर सुनिन्छ । उनीहरुले लाइभका क्रममा आएका कमेन्टहरुबारे शाहलाई जानकारी गराउने र उनले भनेका कुरामा समर्थन गरिरहेका छन् ।

    लाइभमा पनि उनि चुरोटको धुवाँ उडाउँदै गीतको तालमा झुमिरहेका हुन्छन् । साथीहरुसँग उनी मस्त देख्न सकिन्छन् ।

     

    https://www.facebook.com/100000312272949/videos/3147108581976187/

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…