• काठमाडौं । देशभरको सामान्यदेखि पूर्ण बदली भई विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कतै चट्याङ्गसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ । अहिले पश्चिमी क्षेत्रमा पूर्ण बदलि भई केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । अन्य भू–भागमा सामान्य बदली भएको छ ।

    महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो ।

    यस्तै पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेका कारण बदली तथा वर्षा भएको मौसमविदले बताएका छन् ।

    मंगलबार दिउँसो देशको पश्चिमी भू–भागमा पूर्ण बदली र बाँकी क्षेत्रमा सामान्य बदली रहने जनाइएको छ । पश्चिमका धेरै स्थान र मध्य तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    राति देशभर सामान्य बदली रही मध्य तथा पूर्वका केही स्थान र पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…