•  

    काठमाडौँ, वैशाख २३ गते । पुरातात्त्विक तथा धार्मिक सम्पदा रानीपोखरीको पुनःनिर्माण सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रणका क्रममा बन्दाबन्दी लागू गरिएसँंगै पुनःनिर्माण कार्य रोकिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार आइतबारदेखि नै केही कामदारबाट पुनःनिर्माणको काम सुरु गरिएको हो ।
    कोरोना भाइरसबाट जोगिन सामाजिक दूरी कायम राख्नुपर्ने भएकाले थोरैको सङ्ख्याबाट काम सुरु गरिएको प्राधिकरणका स्थलगत संयोजक धु्रव पौडेलले जानकारी दिनुभयो । पाँच वर्षअघि २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण भत्किएको रानीपोखरीको पुनःनिर्माण कार्य २०७७ साल वैशाख १२ गतेसम्म सम्पन्न गरिसक्ने लक्ष्य भए पनि बन्दाबन्दीले पूरा हुन सकेको थिएन ।
    ऐतिहासिक रानीपोखरी र रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर निर्माणको जिम्मेवारी सीएम तुल्सी कन्स्ट्रक्सनले लिएको छ ।

    सो कन्स्ट्रक्सनले पुराताìिवक शैलीमा रानीपोखरी र मन्दिरको पुनःनिर्माण १० महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का लिए पनि समयमा सम्पन्न भएन । पोखरी निर्माणको करिब ८० प्रतिशत र मन्दिरको ४० प्रतिशत काम सम्पन्न भइसकेको दाबी कन्स्ट्रक्सन कम्पनीको छ । पौडेलले निर्माण कम्पनीले दाबी गरेअनुसार काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । प्राधिकरणका अनुसार पोखरी निर्माणमा १४ करोड र मन्दिर निर्माणमा १० करोड रुपियाँ गरी २४ करोड रुपियाँ बजेट छुट्याइएको छ । रानीपोखरी करिब ६३ रोपनीमा फैलिएको छ भने पोखरीको गहिराइ पाँच फिटभन्दा माथि रहेको छ ।
    मल्लकालीन रानीपोखरी भूकम्पका कारण भत्किएर पानीसमेत सुकेको थियो । रानीपोखरीमा पानीको व्यवस्था गर्न पोखरीको किनारामा डिप बोरिङ गरी पानी निकाल्ने कामसमेत सम्पन्न भइसकेको छ । पोखरीका लागि करिब ३२ करोड लिटर पानीको आवश्यकता पर्ने अनुमान गरिएको छ ।

    चैत ११ गते मुलुकमा बन्दाबन्दी सुरु गरेसँंगै निर्माण कार्य रोकिएको थियो । काम रोकिएको ४पुनःनिर्माणमा दैनिक ६४ जना दक्ष कामदार खटिँदै आएकोमा अहिले १०÷१२ जनाबाट काम भइरहेको छ । मजदुरले नै आफू पुनःनिर्माण कार्यमा खटिन तयार रहेको बताएपछि प्राधिकरणले काम सुरु गर्न निर्देशन दिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…