•  युबराज रेग्मी बैसाख २३, झापा / झापा जिल्लाको गौरिगंज गाउँपालिका खण्डमा बिस्तार हुदैगरेको हुलाकी राजमार्ग निर्माणमा कामगर्ने मजदुरहरु बन्दाबब्दिका कारण दैनिक गुजारा समस्यामा परि आफ्नो घर जान पैदल हिड्दै सुर्खेत तर्फ लाग्दैछ्न ।



    ३४जनाको समुहमा रहेका उनिहरु आज मंगलबार दिउँसो गौरिगन्ज गाउपालिका बाट पैदलै हिडेर गौरादह नगरपालिकाको वडा न ७ ग्वाल्डुबा आइपुगेका छ्न । पैदल हिडेर गौरादह नगरपालिका वडा नम्बर ७ आइपुगेका उनीहरु सुर्खेत जिल्ला भेरी गंगा नगरपालिका वडा न ९का स्थाइ बादिन्दा भएको बताउछ्न ।

     



    आफ्नो स्थाइ घर सुर्खेत जानभनी सुर्खेत जिल्ला भेरी गंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र जङ्ग र वडा न ९ का वडा अध्यक्ष लक्ष्मण राना लाई टेलिफोन सम्पर्क गरि आफुहरुलाइ घर फिर्ताको लागि पहल गरिदिन अनुरोध गरेको उनिहरु बताउछ्न । उनिहरुको अनुरोधलाई नगर प्रमुख तथा वडा अध्यक्षले खासै चासो नदिएको उनिहरुको गुनासो छ ।



    बन्दाबन्दी छ काम गर्न पाइएको छैन पैसा नभएसी किनेर खान सक्ने अवस्था रहेन अब हिनेरै भए पनि आफ्नो घर जानू सिबाय कुनै उपाय रहेन उनिहरु मध्येका एक मजदुर लालवीर केसि बताउछ्न । उनीहरू अाज विहान आफ्नाे लत्ताकपडा र सरसामान लिएर पैदल घर हिडेपछि गाैरादह नगरपालिका वार्ड नं. ७ ग्वाल्डुब्बाका केही स्थानिय युवाहरूकाे सहयाेगमा उनिहरुलाइ वडा कार्यालयमा राखिएकाे ग्वाल्डुब्बा युवा समाजका अध्यक्ष भाेला चक्रवर्तीले बताए ।



    हुलाकी सडकमा काम गर्ने मजदुर लालबीर केसी हप्तादिन देखि कम्पनीले रासन नदिएकाेले आफुहरु समस्यामा परेको बताउछ्न । गत चैत ८ गते काम गर्न आएका उनिहरुले निर्माण कम्पनीलाई घर फर्कने कुरा गर्दा आज भाेली भन्दै टार्दै आएकाे र रासनपानी समेत नदिएकाे आराेप लगाएका छ्न । अन्तिममा जेसुकै हाेस् भन्दै हामी पैदल हिडेका हाैं लालबिर बताउछ्न रासन नदिएपछि भाेकै बस्ने अवस्था रहेन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…