• दमक । झापाको झापा गाउँपालिका स्थित नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण प्रयास गरेका
    छन् ।

     

    सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बादेखि सात किलोमिटर पूर्व झापा गाउँपालिकास्थित १३१ नम्बर पिल्लर नजिकको सशस्त्र प्रहरी क्याम्पमा सोमबार साँझ आक्रमण प्रयास भएको हो ।

     

    डेढ सयभन्दा बढी भारतीय घरेलु हतियार बोकेर क्याम्प आएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो । हवाई फायरपछि उनीहरु तितरबितर भएका थिए ।

     

    सोमबार बेलुका नेपाल प्रवेश गर्न खोजेका दुई भारतीयलाई प्रहरीले भारततिरै फर्काइदिएपछि उनीहरू गाउँलेसहित हतियार बोकेर आएका थिए । झापासँगको सीमामा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको यो दोस्रो घटना हो । साताअघि कचनकवल गाउँपालिका–४ स्थित सीमाक्षेत्रमा पनि बलजफ्ती नेपाल पस्न खोजेका केही भारतीयले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए ।

     

    हवाई फायर गर्नु परेपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ। नेपालका सुरक्षाकर्मीले भारतीय एसएसबीको समन्वय अहिले सीमा सुरक्षा गरिरहेको बताइएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…