• देवराज सुवेदी, मेलम्ची ,२३ बैशाख । तातोपानी नाकाबाट खाद्य सामाग्री आयात सँगै जनप्रतिनीधिले अवरोध सिर्जना गरेका छन् । मंगलवार पाँच कन्टेनर स्याउ र एक कन्टेनर लसुनको भन्सार जाँचपास गरि काठमाण्डौ लाने तयारी भएपछि स्थानिय र जनप्रतिनीधिले अवरोध गरेका हुन् ।

    चीन तर्फवाट नियमित सामाग्री आएको र भन्सार कार्यालयले आवश्यक प्रक्रिया पुरा गरि सामना भित्र्याएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालवहादुर खत्रीले वताउनुभयो । अवारोधका वावजुद भन्सार कार्यालयले आएका सामाग्रीको भन्सार पास गरिरहेको उनले जानकारि दिनुभयो ।

    ‘नेपाल सरकारले भन्सार सञ्चालनको निर्णय गरेको छ, चिनवाट आएका सामाग्रीको क्वारेन्टाइन सर्टि्फिकेट प्राप्त भएपछि जाँचपास त गर्नैप¥यो ।’ भन्सार प्रमुख खत्रीले भन्नुभयोे ।

    स्वास्थ्य सामाग्री वाहेकका सामाग्री आयात भएको भन्दै भोटेकोशी गाँउपालिका ४ का वडा अध्यक्ष साङदोर्जे शेर्पा सहितले अवरोध सिर्जना गर्दै आएको भन्सार कार्यालयले जनाएको छ ।

    केही दिन यता भन्सार जाँचपास गरि पठाईएका सामाग्रीमा वाटोमा अवरोध भएपछि निरन्तर छलफल गर्दै आएको प्रमुख खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार केही सुरक्षा चुनौती वढेकोले सुरक्षा सतर्कता अपनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…